अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाका कारण कम्तीमा ३५ जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले जनाएको छ ।
नवलपुर सदरमुकाम कावासोतीमा छोराले हानेको ढुङ्गाले लागेर बाबुको मृत्यु भएको छ। कावासोती नगरपालिका –५ ठकुरीचोकका १८ वर्षीय छोरा निराजन कुमालले हानेको ढुंगाले लागेर ४३ वर्षीय बाबु प्रेम कुमालको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले रोम विधान अनुमोदन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । इन्सेकले प्यूठानसहित देशभरबाट प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
अवरुद्ध बेँसीसहर–चामे सडक अझै खुल्न सकेको छैन । अविरल वर्षासँगै आएको बाढीले मनाङस्थित चामे गाउँपालिका–१ स्थित तिमाङखोलाले काठेपुल तथा तिमाङ ठूलो छहराको पक्की मोटरेवल पुल गत असार १८ गते बगाएपछि आवागन रोकिन पुगेको थियो ।
अधिकारवादी संस्था एडभोकेसी फोरम नेपाल र इन्सेकका प्रतिनिधिहरुले संयुक्त रुपमा बाँके कारागारको अनुगमन गरेका छन्।
काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको काम पुनः सुरु गरेको छ । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएपछि महनगरले बुधबार बिहानदेखि पुनः काम सुरु गरेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७, स्थित सुन्दर पर्यटकीय टिकोट गाउँ । मगर संस्कृति र दृष्य अवलोकनका लागि यो गाउँ प्रसिद्ध छ । यहाँबाट अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।
प्रवासी नेपाली मञ्च कतारको सातौँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कतार प्रस्थान गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । चितवन माडी नगरपालिका वडा नम्बर ८ शिवद्वारस्थित मगर होम स्टेमा काम गर्ने क्रममा साईला भन्ने ४० वर्षीय मिलन लामालाई गैंडाले आक्रमण गरेको हो ।
गैरसरकारी संस्था टेवाले यार्सा खोज्न गएका बेला बिरामी भएका २७ तथा ज्यान गुमाएका चारजनाका परिवारलाई दैनिक उपभोग्य सामग्रीका साथै लत्ताकपडा प्रदान गरेको हो ।
कालीकोटको नरहरीनाथ गाउँपालिकाको –५ मा पर्ने लेकाली क्षेत्रमा चट्याङ लागेर चार जना घाइते भएका छन् ।
स्वास्थ्य बीमा बोर्डसँग भएको सम्झौता बमोजिम साउन १ गतेबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु गरिएको नेपालगन्ज मेडिकल कलेज कोहलपुर अस्पतालका उप निर्देशक डा. दिनेश श्रेष्ठले बताउनुभयो ।
मुस्लिम समुदायको पर्व मोहर्रमको अन्तिम दिन विसर्जनका लागि नेपालगञ्जस्थित एक घर अगाडि तयारी अवस्थामा राखिएको ताजिया । तस्बिरः गोविन्द शर्मा
मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राहीले करिब ६५ फिट उचाइको ताजिया स्थापना गर्नुभएको छ । यो वर्ष राहीले करिब रु एक लाखमा भारतको आलीनगरबाट ताजिया खरिद गरेर ल्याउनुभएको हो । नेपालगञ्जसम्म ल्याउन ढुवानी र जडान गर्दा करिब रु ६० हजार थप खर्च भएको उहाँले बताउनुभयो ।