प्रवासमा बसेर साहित्यमा कलम चलाइ रहेका आख्यानकार पञ्चम अधिकारीको नवीनतम कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ हालै बजारमा आएको कृति हो । सम्पूर्ण किताब नारायणगढले चितवनका पाठकहरू माझ ‘प्रवासीको देश हुन्न’माथि अन्तरक्रिया गराएको छ ।
बाख्रा चराउन गएकी एक महिलाको ढुंगा लागेर मृत्यु भएको छ । मंगलबार मंगलसेन नगरपालिका ३ लाक्षीमना निवासी ३५ वर्षीया वसन्ती बोगटीको मृत्यु भएको हो ।
वर्षातपछि हरियाली छाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२स्थित पर्यटकीय गाउँ भुरुङ र आसपासको क्षेत्र। यहाँबाट मुन्द्राचढाउने डाँडा हुँदै धौलागिरी आइसफल पदमार्ग जोडिएको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोग भएकाले रचनात्मक र समाधानमुखी पत्रकारिताको आवश्यकता रहेको बताउनुभएको छ ।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका(१ स्थित प्रसिद्ध श्री बाला त्रिपुरासुन्दरी मन्दिर । यो मन्दिर धान कुट्ने ओखलबाट उत्पति भएको धार्मिक मान्यता रहेको छ ।
नवलपुरमा सर्पले डस्दा १४ वर्षीय बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका ६ भडरा बस्ने टोलकुमारी महतोका १४ वर्षीय छोरा आर्यन महतोलाई आफ्नै घरमा खेल्ने क्रममा सर्पले डसेको थियो ।
पाठ्यक्रम ढाँचा, २०७६ (संशोधनसहित, २०७८) विद्यालय तहमा पूर्ण कार्यान्वयनमा छ । यस पाठ्यव्रmमले अघिल्ला पाठ्यक्रमभन्दा फरक मूल्याङ्कन नीति अवलम्बन गरेको छ । अर्थात् कक्षा १–३, ४–८ र ९–१२ लाई तीन फरक तहमा विभाजन गरी मूल्याङ्कनका विभिन्न विधि अपनाइएका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गर्नुभएको छ । उहाँले आज सामाजिक सञ्जाल फेसबुकमार्फत समयको बचतका लागि त्यसो गर्न अनुरोध गर्नुभएको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–७ मा मङ्गलबार कृषक समूहलाई एक थान मिटी टेलर मेसिन (हलो) सहयोग गरिएको छ । ग्रामीण नारी उत्थान सङ्घ हरिपुरले समुन्नति परियोजना अन्तर्गत बरमबाबा कृषक समूहलाई मिनी टेलर सहयोग गरेको हो । समूहलाई एक लाख ८० हजार रुपियाँ बराबरको मेसिन प्रदान गरिएको ग्रामीण नारी उत्थान सङ्घका सचिव सूर्य चालिसेले जानकारी दिनुभयो ।
सङ्घीयतासहित नेपालको संविधान जारी भएको नौ वर्ष पूरा हुनै लाग्दासमेत स्थायी सरकार मानिएको निजामती सेवा सञ्चालन गर्ने ऐन जारी हुन सकेको छैन । ऐन जारी नहुँदा निजामती सेवामा अन्योल छाएको छ । निजामती सेवाले आफ्नो गन्तव्य पनि पहिचान गर्न सकेको छैन ।
राष्ट्रपति रामचन्द्र पौडेलले लोकसंस्कृति र साहित्यिक क्षेत्रले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभएको छ ।
चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । विसं २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो ।
पुनस्र्थापनाबाट वञ्चित मुक्त कमैयाले तीन तहकै सरकारसँग पुनस्र्थापना तथा जीविकोपार्जन समस्या समाधान गर्न माग गरेका छन् । कमैया मुक्तिको २४ वर्ष पुग्दा पनि दुई हजार ३७५ मुक्त कमैयाको