• २ साउन २०८१, बुधबार

समाधानमुखी पत्रकारिताको खाँचो छ : अध्यक्ष बस्नेत

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोग भएकाले रचनात्मक र समाधानमुखी पत्रकारिताको आवश्यकता रहेको बताउनुभएको छ । 

नेपाली मिडिया जगतमा यसको केही अभ्यास देखिएको भए पनि पर्याप्त नभएको उहाँको भनाइ छ । पत्रकारितालाई सही बाटो हिँडाउन प्रश्नसँगै समाधानका विकल्पहरुमा समेत बहस थाल्न जरुरी रहेको उहाँले बताउनुभयो । पछिल्लो समयमा प्रेस काउन्सिल नेपालले मुलुकमा रचनात्मक पत्रकारिताको प्रवर्धनका लागि सक्रियता देखाएको पनि उहाँले जानकारी गराउनुभयो ।

युट्युबसहित सामाजिक सञ्जालमार्फत चलेका मिडियामाथि समेत कडा निगरानी भइरहेको बताउँदै उहाँले मिडियालाई रचनात्मक र सिर्जनशील बनाउन सबै मिडियाकर्मीको जिम्मेवारी भएको उहाँले बताउनुभयो । सामाजिक सञ्जाललाई जिम्मेवार बनाउन सके त्यसबाट प्रयोगकर्ता लाभान्वित हुने उहाँको भनाइ छ ।