पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि सर्भे गर्न आएका प्राविधिकको टोलीलाई चितवनका स्थानीयले नियन्त्रणमा लिएका छन् । भरतपुर महानगरको वडा ७ कृष्णपुर क्षेत्रमा एउटा गाडीको छतमा क्यामेरा राखेर सर्भे गर्दैगर्दा स्थानीयले नियन्त्रणमा लिएको स्थानीय घनश्याम दाहालले जानकारी दिनुभयो
विराटनगर महानगरपालिकाले खरिद गरेको मोटरबोटको केसलिया नदीमा आज सफल परीक्षण गरिएको छ । बाढी र डुबानमा परेका नागरिकलाई तत्काल उद्धार गर्ने उद्देश्यले नौ लाख ७५ हजारमा मोटरबोट खरिद गरी सफल परीक्षण गरिएको महानगरले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमनत्री शेरबहादुर देउवाले कुनैपनि योजनाहरु शिलान्यास मात्रै गरेर छोड्न नहुने बताउनुभएको छ ।
साउन लागेपछि यहाँका महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ । जिल्लामा साउन लागेदेखि सात लाखको चुरापोतेको व्यापार भएको यहाँस्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
तनहुँ जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा झण्डै एक अर्ब ५४ करोड रुपियाँ विकास बजेट फ्रिज भएको छ । सङ्घ तथा प्रदेश सरकारबाट विनियोजित विकास बजेट फ्रिज भएको हो।
नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गर्नुभएको छ ।
वातावरण संरक्षणमा टेवा पुर्याउनका लागि सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वृक्षारोपण सप्ताह कार्यक्रम आयोजना गरेको छ ।
पानी पर्नेक्रम दैनिक बढेसँगै सर्पको बिगबिगी बढ्दै गएको छ । सबै जमिन पानीले भरिएसँगै सर्पले ओभानो स्थान खोज्दै घरगोठमा पस्न थालेपछि सर्प उद्धारकर्तालाई अहिले भ्याइनभ्याई भएको छ ।
उपप्रधान एवम् सहरी विकासमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको संरक्षणमा लाग्न आग्रह गर्नुभएको छ ।
जिल्लाको व्यास नगरपालिका-१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ ।
यही साउन ११ गते शुक्रबारदेखि पेरिसमा हुने ‘पेरिस ओलम्पिक’ प्रतियोगितामा भाग लिने नेपाली खेलाडी तथा खेल पदाधिकारीको सम्मानमा स्वागत समारोह आयोजना गरिएको छ ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्याको षड्यन्त्रमा संलग्न रहेको भन्दै अमेरिकी सञ्चारमाध्यमले लगाएको दुर्भावनापूर्ण आरोपलाई इरानले बुधबार अस्वीकार गरेको छ ।
बागलुङको बडिगाड गाउँपालिका-५ ग्वालीचौरका स्थानीयको अवरोधका कारण १३२ केभी बुर्तिबाङ सबस्टेशन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । स्थानीयले केन्द्रीय प्रसारण लाइनको टावर निर्माण गर्न नदिँदा सञ्चालनमा आउन नसकेको हो ।
गोरखामा नाम्जुङ-घैरुङ बतासे-मनकामना सडक दुई दिनपछि सुचारु भएको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण सहिद लखन गाउँपालिकाको नाम्जुङ-घैरुङ बतासे सडक खण्डको वडा नम्बर ६ को खगी र ९ नम्बर वडाको गौथाले भन्ने ठाउँमा गएको ठुलो पहिरो पन्छाइएपछि सडक सुचारु भएको हो ।
बङ्गलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन नेपाली विद्याथीहरुलाई अनुरोध गरेको छ ।