सभामुख देवराज घिमिरेसँग बुधबार नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डा. डेनियल म्यूली मोन्टेलियोनले शिष्टाचार भेट गर्नुभएको छ ।
रुकुमपश्चिममा तीन नाल बेवारिसे भरुवा बन्दुक बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले बाँफिकोट गाउँपालिका वडा नम्बर १ तासुकाँडाबाट बेवारिसे अवस्थामा रहेका तीन थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ।
गत शुक्रबार पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको खोजीमा उच्चस्तरीय प्रविधिको प्रयोग गर्न सिमलताल घटना अध्ययन गर्न गृह मन्त्रालयद्वारा गठित कार्यदललाई सुझाव दिइएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड पाएको छ। आइसिसीले डिजिटल फ्यानको इन्गेजमेन्टको आधारमा क्यानलाई उक्त अवार्ड दिएको हो।
खानेपानीमन्त्री प्रदीप यादव र नेपालका लागि एसियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक अर्नाउड कौकोइसबिच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिका भित्र रहेका ८ वटा वडामा सहकारीमार्फत अनुदानका यन्त्र उपकरण व्यवस्थापन गरिएको छ ।
बर्दिबासका एक दलित परिवारले पहिलोपटक बिमा रकम पाएका छन् । बर्दिबास १२ स्थित बिजलपुराकी ६४ वर्षीय मृतक रामरतीदेवी सदाको परिवारले बिमा रकमबापत एक लाख रुपियाँ भुक्तानी पाएको हो ।
म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको म्याग्दीको सदरमुकाम र पर्वतको जलजला गाउँपालिकामा पर्ने बेनी बजार ।
उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि असार मसान्तसम्म दुई हजार ७०९ लगतमध्ये एक हजार ९३४ वटा मुद्दा फछ्र्याैट गरेर वार्षिक लक्ष्यको १०५ प्रतिशत प्रगति हासिल गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विज्ञापन बजारको विस्तार गरी राजस्व वृद्धि गर्नुपर्ने बताउनुभएको छ । बुधबार विज्ञापन बोर्डका गतिविधिबारे जानकारी लिनुहुँदै मन्त्री गुरुङले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न निर्देशन दिनुभएको हो ।
पाँचथरको हिलिहाङ गाउँपालिका-३ पञ्चमीका सन्तोष कुमार योङहाङको भीरबाट लडेर मृत्यु भएको छ । मङ्गलबार राति ९ बजे हिलिहाङ ३ स्थित भालुखोपको भीरबाट लडेर अचेत अवस्थामा भेटिएका योङहाङको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो ।
हजबुल्लाहका नेता हसन नसरूल्लाहले इजरायलले लेबनानमा थप नागरिक लक्षित आक्रमण गरेमा आफ्नो इरान समर्थित समूहले इजरायलको नयाँ क्षेत्र लक्षित आक्रमण गर्ने चेतावनी दिनुभएको छ ।
वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा परी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गर्नुभएका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गर्नुभएको छ ।
गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताउनुभएको छ ।