प्राकृतिक विपत् रोक्न वा छेक्न त सकिँदैन तर सरकारले दूरगामी नीति र स्पष्ट दृष्टि राखेर त्यसबाट हुने क्षति न्यूनीकरण भने गर्न सक्छ तर क्षति न्यूनीकरणका लागि भइरहेका प्रयास हेर्दा दुःख लाग्छ । पछिल्ला विपत्का ताजा दृश्य हेर्दा हरेक नेपालीको मन रुन्छ, जुन हामीले हरेक बर्खा मौसममा देखिरहेका हुन्छौँ, भोगिरहेका हुन्छौँ ।
गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभन्दा ठूलो कार्यक्रमअन्तर्गत रु तीन करोड ६० लाख बजेटबाट आलुखेती विस्तार थालेको थियो । आलुको उत्पादनदेखि बजारीकरणसम्मका लागि अनुदान दिइएको केन्द्रले जनाएको छ ।
प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरिबाटीसँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या एक सय ८३ पुगेको छ ।
लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।
लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ । अस्पतालमा गएको असार ३१ गतेदेखि सेवा सुरु भएको हो ।
यसै साताको आइतबार र सोमबार परेको अविरल वर्षाले बर्दीबासका विभिन्न वडामा करोडौँ मूल्य बराबरको क्षति पु-याएको छ । बाढी वर्षाले सयौँ बिघा जग्गा र घरमा क्षति पु-याएको छ भने ठाउँ ठाउँमा सडक कटान गर्नाले आवागमन असहज बनाएको छ ।
सुुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुुधारगृह सञ्चालनमा रहेको छ । डोटीको सिलगढीमा रहेको यस बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका राखिएका छन् । जसका कारण बालबालिकाको सु
नेपाली इन्जिनियरिङ जनशक्तिको ज्ञान, सिप, क्षमता र सम्भावनाले पूरै विश्वलाई आकर्षित गरिरहेको छ । पछिल्लो दशकमा हामीले यस्ता विश्व प्रतिस्पर्धी जनशक्तिलाई मुलुकभित्रै आकर्षित गर्न, थेग्न र आशा दिलाउन चुकिरहेका छौँ । यसमा सरोकारवाला गम्भीर भएर सोच्ने बेला आएको छ ।
हरेक वर्ष मनसुनी प्रभाव भित्रिएसँगै बाढीपहिरोको जोखिम हुने गरेको छ । बाढीपहिरोका कारण बर्सेनि ठुलो सङ्ख्यामा जनधनको क्षति हुनुले पूर्वसावधानीतर्फ सम्बन्धित निकाय तथा स्थानीयवासीले समेत ध्यान नपुर्याएको हो कि जस्तो देखिन्छ ।
गायिका सुनिता बुढाक्षेत्रीको तिज गीत ‘बिजुली चमक्क’ सार्वजनिक गरिएको छ । गीतमा सङ्गीतकार कस्तुप पन्तको शब्द र सङ्गीत रहेको छ ।
चार वर्षअघि २०७७ मङ्सिर १२ गते रुपन्देहीको सैनामैना नगरपालिका–९, पिपलडाँडामा शिलान्यास गरिएको आरामकक्ष ‘स्मार्ट रिफ्रेस सेन्टर’ भत्किने अवस्थामा पुगेको छ । लुम्बिनी प्रदेश सरकारको
काठमाडौँ महानगरपालिकाको श्रम बैङ्कमार्फत ९११ जनाले रोजगारी पाएका छन् । निजी क्षेत्रका कम्पनीमा ३२९ जना र महानगरका विभिन्न विभागमा ५८३ जनाले रोजगारी प्राप्त गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
लामा समुदायको गाउँबस्तीमा सञ्चालन गरिएका अधिकांश विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । माथिल्लो कक्षा चढेपछि विद्यार्थीले विद्यालय छोड्न थालेपछि विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन् । नाम्खा गाउँपालिका–६, तिल गाउँका अभिभावक कुन्क्याप तामाङले हिमशिखर प्राथमिक विद्यालय बन्द भएको बताउनुभयो । गाउँका अधिकांश विद्यार्थीले बिचमै पढाइ छोड्ने गरेकाले विद्यालय बन्द भएको हो ।
बर्खाको साउने झरीमा पनि मेलौली नगरपालिकाको काँडा बजारका स्थानीय बासिन्दालाई एक जर्किन पानी भर्न चार दिन पालो कुर्नुपर्ने बाध्यता रहेको छ । पालो कुरेर बसे पनि पानी भर्न पाउने/नपाउने टुङ्गो हुँदैन, पीडित स्थानीय भन्छन्, पालो आएन भने खोलातिर झर्नु पर्छ । खानेपानी नहुँदा प्राथमिक स्वास्थ्य केन्द्र, आयुर्वेदिक औषधालय, मणिलेक नमुना मावि र मेलौली बहुमुखी क्याम्पसलगायत काकाकुल बनेका छन् ।