• १० मंसिर २०८१, सोमबार

सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका

blog

दिपायल समाचारदाता 

दिपायल, साउन ३ गते । सुुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुुधारगृह सञ्चालनमा रहेको छ । डोटीको सिलगढीमा रहेको यस बाल सुधारगृहमा क्षमताभन्दा दोब्बर बालबालिका राखिएका छन् ।

जसका कारण बालबालिकाको सुधार तथा व्यवस्थापनमा समस्या हुने गरेको छ । २५ जनाको क्षमता भएको सुधारगृहमा ५३ जना बालबालिका हुँदा निकै समस्या रहेको बताइन्छ । क्षमताभन्दा बढी बालबालिका भएका कारण व्यवस्थापनमा समस्या भएको बाल सुधारगृहका निमित्त प्रशासकीय अधिकृत सानुमाया लिम्बूले बताउनुुभयो । 

सुधारगृहमा ११ देखि २३ वर्षसम्म उमेरका बालबालिका छन् । गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोग लागेका बालबालिकालाई सुधारगृहमा राख्ने गरिएको छ । यस बालगृहमा क्षमताभन्दा बढी बालबालिका भएपछि तराईका कैलाली र कञ्चनपुरका बालबालिकालाई बाँकेमा रहेको सुधारगृहमा पठाउने गरिएको छ । २०७५ सालअघि १६ वर्ष उमेर पार गरेका बालबालिकालाई कारागार पठाउने गरिन्थ्यो । बालबालिका ऐन २०७५ जारी भएपछि भने १६ वर्ष उमेर पार गरिसकेपछि पनि सुधारगृहमै राख्नुुपर्ने व्यवस्था गरिएको छ । 

कानुनी व्याख्या अनुुसार बालबालिकाको उमेर पार भइसकेपछि पनि सुधारगृहमा नै राख्नुुपर्ने भएकाले बालबालिकाको सङ्ख्या वृद्धि हुुँदै गएको निमित्त प्रशासकीय अधिकृत लिम्बूले बताउनुुभयो । बाल सुधारगृह पनि साबिकको महिला विकास कार्यालयमा राखिएको छ । यहाँ बालबालिकाका लागि सुत्ने व्यवस्थासमेत पर्याप्त छैन । उक्त भवनको हलभित्र सुत्ने व्यवस्था गरिएको छ । फराकिलो संरचना नहुँदा सुधारगृहका बालबालिका एकै स्थानमा कोचिएर बस्न बाध्य छन् ।

“बालबालिकाको चौतर्फी विकास हुने गरी सुधारगृहमा राख्नुुपर्ने हो,” सुधारगृहमा राखिएका अछामका एक बालकका अभिभावकले भन्नुुभयो, “खेल्नका लागि मैदान छैन, बस्नका लागि उचित व्यवस्था छैन । आपसमा कुुटाकुुट गर्ने गरेको खबर आउँछ, सुधारगृह होइन यातना गृह जस्तै भएको छ ।” सुधारगृहका लागि भौतिक संरचना नै उपयुक्त नभएको गुनासो आउन थालेको छ । बालबालिका भाग्न सक्ने जोखिम पन उत्तिकै रहेको छ । भवन वरिपरि काँडेतार लगाई सुरक्षा दिने व्यवस्था गरिएको छ ।

सङ्ख्यात्मक रूपमा बालबालिका बढी भए पनि जेनतेन व्यवस्थापन भइरहेको सुधारगृह व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताउनुुभयो । सुधारगृहका लागि फराकिलो व्यवस्थित संरचनाको आवश्यकता छ, खेल मैदानको अभाव छ, सुत्न कोठा, नुहाउन धारा, पानी र अन्य सामग्री छैनन् । क्षमताभन्दा बढी बालबालिका भए पनि जेनतेन व्यवस्थापन भइरहेको बताइन्छ ।

सुधारगृहमा जबरजस्ती करणी र कर्तव्यज्यान मुुद्दामा संलग्न बालबालिका धेरै रहेका छन् । जबरजस्ती करणी मुुद्दाका ३३, कर्तव्यज्यान मुुद्दाका १४, चोरी मुुद्दाका चार, सवारी ज्यान र आत्माहत्या दुरुत्साहनलगायत ५३ जना बालबालिका रहेका छन् । डोटी, अछाम, बझाङ, बाजुुरा, बैतडी, दार्चुला र डडेलधुरा जिल्लाका बालबालिका यहाँको सुधारगृहमा राख्ने गरिएको छ । देशभरमा जम्मा आठ वटा बाल सुधारगृह मात्र स्थापना भएका छन् । सोमध्ये डोटीमा रहेको यो सुधारगृह एक हो ।