लागूऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
दाङको घोराही उप महानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा ३४ करोड बढी राजस्व सङ्कलन गरेको छ। उपमहानगरपालिकाले एक वर्षमा ३६ करोड राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको लक्ष्यभन्दा कम ३४ करोड ६८ लाख रुपियाँ राजस्व सङ्कलन गरेको हो।
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सङबिच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री सिंह र राजदूतसँगबिच भेटवार्ता भएको हो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ मा पुगेको छ ।
चुरोटमा प्रयोग हुने पदार्थहरूको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ ।
विपद् व्यवस्थापनका लागि नेपालगन्जमा सामुदायिक आपत्कालीन प्रति कार्य टोली निर्माण गरेर चार सय जना स्वयंसेवकलाई खोज तथा उद्धार प्राथमिक उपचार र आगलागी नियन्त्रण सम्बन्धी तालिम दिइएको छ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिलेको मुख्य चुनौती निजी क्षेत्रको आत्मबल बढाउनुरहेको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।
बिहीबार राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको समुपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले डा. बडाललाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।
सिमलताल दुर्घटनामा ज्यान गुमाउनुभएका बसका चालक जाहिर महतोका दुई छोराछोरीको पठनपाठनको जिम्मेवारी वीरगन्ज महानगरपालिकाले लिने भएको छ।
पाँच वर्षअघि मधेश प्रदेश सरकारले शीतभण्डारको लागि अनुदानमा दिएको रकमको प्रतिफल आउने आशा मेटिँदै गएको छ । प्रदेश सरकारले शीतभण्डार निर्माणको लागि दिएको अनुदानको रकम सकिएको छ ।
मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसबाट चार जनालाई मन्त्रिपरिषदमा सहभागी गराउन नाम सिफारिस गरिएको छ ।
बिर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ ।
उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरू फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बैंकक शहरको एउटा होटलमा ६ जना विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।
यहाँस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो ।