• ३ साउन २०८१, बिहिबार

बैंककको होटलमा ६ जना विदेशी मृत फेला

blog

बैंकक (थाइल्याण्ड) , साउन ३ गते । बैंकक शहरको एउटा होटलमा ६ जना विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् । 

प्रहरीले उनीहरूलाई गोली हानेर मारिएको भन्ने रिपोर्टलाई खारेज गरेको छ । होटलको एउटै कोठामा तीन पुरुष र तीन महिलाको शव फेला परेको र मृत्युको कारण भने खुल्न नसकेको महानगरीय प्रहरी ब्युरो आयुक्त थिती साङ्सावाङले बताउनुभयो । 

होटलको कोठामा शङ्कास्पद वस्तु फेला परेकाले घटनास्थलमा झगडाको कुनै सङ्केत नभेटिएकाले प्रारम्भिक अनुसन्धानबाट घटना विष सेवन भएको हुनसक्ने उहाँले बताउनुभयो । 

थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिनले जनतामा कुनै असर नहोस् भनेर घटनाको छानबिन गर्न आदेश दिनुभएको छ । 

सिन्ह्वा\नान