नेपालीमा ‘भूठान’ र अङ्ग्रेजीमा ‘द वर्ल्डस ह्याप्पिएस्ट म्यान’ नाम रहेको चलचित्र पोस्टप्रोडक्सनको काम अन्तिम चरणमा छ। चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य र कलाकार दयाहाङ राई छन्। कलाकार पूजा चन्द, ऋचा घिमिरेले पनि अभिनय गरेका छन्।
सभामुख देवराज घिमिरेले संसद्का आगामी कार्यक्रमबारे संसद्का राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ ।
जिल्लास्थित सामाजिक विकास कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत योजना र कार्यक्रम कार्यान्वयन गरेको छ । गण्डकी प्रदेश सरकारले कार्यालयलाई बजेट विनियोजन गरी पठाएको सबै योजना र कार्यक्रम कार्यान्वयन भएको हो ।
महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा रहेको राष्ट्रिय जनता आधारभूत विद्यालय शिवनगरमा विज्ञान प्रयोगशाला निर्माणले विद्यालयमा अध्ययनरत विद्यार्थी उत्साहित भएका छन् ।
महान्यायाधिवक्ता रमेश बडालले संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्ने बताउनुभएको छ । बिहीबार महान्यायाधिवक्ताको पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मुलुकको राष्ट्रिय दायित्वलाई पूरा गर्न उद्योगमा लगानी वृद्धि गरी सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकाले १९ वटै वडामा सञ्चालन गर्दै आएको वडा विशेषज्ञ स्वास्थ्य क्लिनिकमा ९२ हजार ३४२ जनाले सेवा लिएका छन्।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समीकरण आगामी २०८४ सालसम्म कायम रहने बताउनुभएको छ ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएकोे छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताउनुभएको छ ।
गुल्मीमा हालसम्म ७१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
बुबा धर्मराज शर्मा र आम इन्द्रकला शर्माको कोखबाट दैलेखको भैरवी गाउँपालिका-४ मा जन्मनुभएका दुर्गाप्रसाद रिजाल दृष्टिसम्बन्धी अपाङ्गता हुनुहुन्छ । ३७ वर्षीय रिजाल आंशिक दृष्टिविहीन हुनुहुन्छ ।
ताप्लेजुङमा तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सवको तयारी गरिएको छ। जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलामा आउँदा साउन २५ देखि २८ गतेसम्म आयोजना गर्ने गरी तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव–२०८१ को तयारी गरिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशका रोजगारी सिर्जना गर्ने प्रशस्त ठाउँहरू भएको बताउनुभएको छ ।
कैलालीको गोविन्द मिश्रले स्नातक तह दोस्रो वर्षको परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी नेपाल टप गर्नु भएको छ ।