सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगर आले टोलमा श्रीमती र छोरी मिलेर एक पुरुषको हत्या गरेका छन्।
नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर (जन्ममिति) का सम्बन्धमा कुनै कैफियत नरहेको स्पष्ट पारेको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्म मिति सम्बन्धी विवरणमा आशङ्का गर्ने ठाउँ नरहेको बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री जम्कट्टेलले यही साउन ६ गते बागमती प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैङ्कका लागि सबै पक्षको साथ र सहयोग आवश्यक पर्ने बताउनुभएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको छ ।
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत विपदमा परी आज दिउँसोसम्म एक सय २५ जनाको मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिकाको विश्व खाद्य कार्यक्रम र लायन्स क्लब इन्टरनेशनल फाउन्डेसन (एलसीआइएफ) ले नेपाल सरकारको दिवा खाजा कार्यक्रमलाई सहयोग घोषणा गरेको छ ।
प्रतिनिधि सभा, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारीका समस्या उजागर गरी समाधानमा लैजान सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार साँझ ५ः३० बजेबाट बैठक सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।
पटक-पटक आपसमा झडप र विवाद हुँदै आएको बाँकेको डुडुवा गाउँपालिकास्थित जयेन्दु बाल सुधार गृहमा बिहीबार राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापा नेतृत्वको अधिकारकर्मी सहितको टोलीले स्थलगत अनुगमन गरेका छन् ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रका विकृति र विसङ्गतिलाई अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद्ले गरेको बधाई कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
दक्षिण कोरियाको सर्वोच्च अदालतले बिहीबार समलिङ्गी जोडीहरूको नयाँ अधिकारलाई मान्यता दिँदै राज्यले समलिङ्गी दम्पतीहरूलाई स्वास्थ्य बिमा उपलब्ध गराउनुपर्ने ऐतिहासिक फैसला सुनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश कसले चलाउँछ भन्नेकुरा राम्रोसँग जानकारी मिलेको बताउनुभएको छ।
वैदेशिक रोजगारका लागि जापानमा पठाइदिन्छु भनी ८० लाख ठगी गर्ने तनहुँकी एक महिला पक्राउ परेकी छन् । व्यास नगरपालिका–१२ गोल्ला निवासी ३८ वर्षीय मनुमाया थापा पक्राउ परेकी हुन् ।