उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोबाको कहालीलाग्दो पहरामा ज्यानको बाजी लगाएर स्थानीय युवाले मह सिकार गरेका छन् । स्थानीय राम्जा टोलका विकास पुन, बेग राम्जाली, कोपिल पुन, देवेन्द्र पुर्जा र बेग पुनलगायत १७ जनाको टोलीले यो असारमा भिर मौरीको मह सिकार गरेका हुन् ।
बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेपछि नयाँ गहना किन्नेभन्दा पुरानो गहना बेच्नेको घुइँचो लागेको छ । सुन व्यवसायीका अनुसार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला डेढ लाख रुपियाँ पुगेको छ । यो नेपाली सुन बजारको हालसम्मको उच्च मूल्य हो ।
मलङ्गवा नगरपालिका सर्लाहीको नौ वटा नगरपालिकामध्ये सदरमुकामसमेत भएको पालिका हो । जिल्लामा ९९ वटा गाउँ विकास समिति (गाविस) हुँदा एउटा मात्रै नगरपालिकाको रूपमा रहेको मलङ्गवा जिल्लाकै जेठो
सहकारी क्षेत्रमा देखिएका समस्या उजागर र समस्या समाधानका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले जनाएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बिहीबार सहकारी क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीसँग छलफल गर्दा सो कुरा आएका हुन् ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सप्तकोशी नदीमा सुनसरी र सप्तरीका कोशी आसपास क्षेत्रमा बाढी र पानीमा बगेर आउने काठदाउरा सङ्कलनमा स्थानीयको भिड लागेको छ । कोशी नदी किनारमा भाला, डोरी, डुङ्गाको सहायताले काठदाउरा सङ्कलनमा लागेकाको भिड बढेको हो ।
तीनपाटन गाउँपालिका–५ निवासी लीलामाया भुजेलको खरले छाएको घरको छानो यतिखेर रातो जस्तापाताले टल्किएको छ । बर्सौंदेखि खरले छाएको घरमा बस्दै आउनुभएको विपन्न वर्गकी लीलामाया घरको छानो रङ्गीन जस्तापाता टल्किँदा मक्ख पर्नुभएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउन सम्बन्धित निकायका कर्मचारीलाई निर्देशन दिनुभएको छ । उहाँले जनताको गुनासोलाई
प्रतिनिधि सभामा साउन ७ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । सभामुख देवराज घिमिरे तथा राजनीतिक दलका मुख्य/प्रमुख सचेतकबिचको छलफलमा प्रश्नोत्तर साउन ७ गर्ने गरी सभाको क्यालेन्डरमा समझदारी भएको छ । सभामा यसअघिको सूचना अनुसारै प्रश्नोत्तर गर्न लागिएको हो ।
संस्कृतमा एउटा श्लोक छ– साहित्य सङ्गीत कलाविहीनः साक्षात्पशुः पुच्छविषाणहीनः । तृणं न खादन्नपि जीवमानस्तद्भागधेयं परमं पशूनाम् ।।
घाँस काट्ने क्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बेनी नगरपालिका १,उपल्लाचौरका ५५ वर्षीय भीमबहादुर थापाको बिहीवार बिहान सोही वडाको ठुलोरानी सामुदायिक वनको चिलाउनेबोट भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
चितवनको सिमलतालमा पहिरोमा परी वेपत्ता भएका यात्रुहरुमध्ये विहीबार थप २ जनाको शव फेला परेको छ । चितवनको भरतपुर महानगरपालिका २६ सिसुवारमा १ जना पुरुष र नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी व्यारेज पुलमा एक जना महिला गरी २ जनाको शव फेला परेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्था अप्ठेरोमा पर्दा कांग्रेस–एमाले शक्ति एक ठाउँमा उभिएको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा लमजुङका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।
मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । मधेश सरकारमा सहभागी नेपाली कांग्रेस र लोसपाका नवनियुक्त मन्त्रीले बिहीबार साँझ शपथ लिएका हुन् । कांग्रेसका चार र लोकतान्त्रिक समाजवादी पार्टीका एकसहित पाँच मन्त्रीहरुले शपथ लिएका छन् ।
प्रदर्शनकारीले बिहीबार बङ्गलादेशको मुख्य सरकारी प्रसारक बिटिभीको मुख्यालयमा आगजनी गरेका छन् । आगजनीबाट ‘धेरै मानिस’ कार्यालयभित्र फसेको नेटवर्कले बताएको छ ।