चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ ।
पूर्व अमेरिकी राष्ट्रपति एवम् रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आइतबार भएको आक्रमणको वर्णन गर्दै आफू भगवानको कृपाले बाँचेको बताउनुभएको छ ।
सरकारले पुँजीगत खर्च गर्न नसक्दा त्यसको असर राजस्व सङ्कलनमा परेको छ । आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०८०/०८१ को प्रगति विवरणमा पनि सो प्रभाव देखिएको जनाएको छ ।
गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पर्या–पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले बेलौरी नगरपालिका–५ सोभातालमा डुङ्गा ९वाटर बोट० सञ्चालनमा ल्याइएको छ । पर्यटकीय क्षेत्र अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षितगरी नगरपालिकाले सङ्घीय सरकारको शसर्त अनुदानमा पाँच वटा डुङ्गा खरिद गरी सञ्चालनमा ल्याएको हो ।
बाँकेमा अधिकांश सवारी दुर्घटना लापरबाहीका कारण भएको प्रहरीेले जनाएको छ । गत आर्थिक वर्षमा एक सय ५८ वटा सवारी दुर्घटनामा परी ६६ जनाले ज्यान गुमाएको छ ।
गौशाला नगरपालिकाले सामुदायिक विद्यालयको अतिक्रमित जग्गा खाली गराएको छ । नगरपालिका–७ मनहरवास्थित राष्ट्रिय जनजाती आधारभूत विद्यालयकोे जग्गा कब्जा गरी बनाइएका ३ वटा घरमा शुक्रबार डोजर चलाइएको हो ।
स्थानीय बजारमा सुनको मूल्य तोलामा रु. दुई हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला रु एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज भने रु एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको चौंथो अधिवशन अन्त्य भएको छ । बिहीबर राती १२ बजेटबाट लागू हुने गरी प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाको चौंथो अर्थात् बजेट अधिवेशन अन्त्य गर्नुभएको हो ।
जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका –३ बुढागाउँ बस्ने भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा स्याली खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।
अविरल वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिनुभएको छ ।
काठमाडौँ महानगरपालिका– २२ मा पर्ने नयाँसडक गेटदेखि जुद्ध शालिकसम्मको सडकमा पेटी विस्तारको काम सुरु भएको छ । उच्च अदालत पाटनले काम अघि बढाउन आदेश दिएसँगै महानगरपालिकाले सडकको पेटीको विस्तारको काम अघि बढाएको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।
यस वर्ष चैते धान पाक्न थालेको छ । जिल्लाका विभिन्न फाँटहरुमा लगाइएका चैते धान भित्र्याउने तयारीमा किसानहरु जुटेका छन् । चैते धान यस वर्ष राम्रो फलेकाले किसानहरु उत्साहित छन् ।
पार्टीले समावेशिताको अनुपात र सङ्ख्या निर्धारण गरी भूगोल, खुला र समावेशी क्षेत्रमा प्रतिनिधित्व सुनिश्चित गरेको हो । समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित २०, आदिवासी जनजाति ४०, मधेसी २०, थारू नौ, मुस्लिम छ, अल्पसङ्ख्यक तीन र अपाङ्गता भएका व्यक्ति दुई प्रतिशत हुनेगरी प्रतिनिधित्वको सुनिश्चितता गरेको नेता सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
प्रविधिको विकाससँगै स्याङ्जामा अनलाइनबाट नयाँ नागरिकता दिने प्रक्रिया सुरु गरिएको छ । विगतबाट हातले लेखेको अनुसुचि सिफारिस लिएर जिल्ला प्रशासन कार्यालयमा सेवाग्राही पुग्ने गरेकोमा अब अनलाईबाट फर्म भरेर नागरिकता पाइने भएको छ ।