यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिनुभयो । सवनम राई, कृतिका मरासिनी र कविता जोशीले एकएक विकेट हात पर्नुभयो ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८० सभा समक्ष पेश गर्न अनुमति दिनुभएको थियो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिनुभएको छ ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले केही सञ्चारमाध्यममा ‘उपसभामुख इन्दिरा रानाले केही युवालाई अमेरिका पठाउन अमेरिकी दूतावासमा भिसा आवेदन दिएको र अमेरिकाले उनीसहित कसैलाई पनि भिसा भने दिएन’ भन्ने समाचारप्रति गम्भीर ध्यानआकर्षण भएको बताउनुभएको हो ।
राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८०’ पेस भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निरासा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै सरकारको प्रमुख ध्येय रहेको प्रष्ट पार्नुभएको छ।
समाज कल्याण परिषदले सङ्घसंस्थाको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न निर्देशिका तर्जुमा गर्ने निर्णय गरेको छ ।
बाँकेको नेपालगन्ज-कोहलपुर सडक खण्डमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायले संविधान संशोधनको विषयमा सरकारले सफलतापूर्वक काम गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
४५ वर्षीया सीतादेवी दास घरबाट एकाबिहानै साइकल लिएर पाउरोटी बेच्न निस्कनुहुन्छ । छिरेश्वरनाथ नगरपालिका –९, इच्छापुर घर भएका उहाँ साइकलको क्यारियरमा क्रेट र अगाडिको भागमा साना झोलामा पाउरोटी राखेर बेच्न निस्कनुहुन्छ । यो उहाँको दैनिकी हो ।
एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्क अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले एक वर्षमा ६ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय संसद् भवन निर्माण कार्यमा ढिलासुस्ती भएकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले निर्माण कार्यका लागि असार कुर्ने कुराको अन्त्य गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।