नेपाली कांग्रेस र नेकपा (एमाले) ले बागमती प्रदेश सभामा सहकार्य गर्ने निर्णयसहित बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माग्नुभएको विश्वासको मतको विपक्षमा मतदान गर्ने सहमति गरेका छन् ।
मकवानपुरमा शुक्रवार भएको फरक–फरक घटनामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नम्बर २२ स्थित नयाँ सडकका स्थानीयले काठमाडौँ महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामप्रति विरोध जनाएका छन्।
हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल बगाएको २४ दिनपछि शुक्रबार निर्माण भएको नयाँ काठेपुल ।
शुक्रबार दिउँसो कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २६ मा पर्ने गुदेतालमा डुबेर बालकको मृत्यु भएको छ। दिउँसो सवा ३ बजेतिर छ वर्षीय बालक सचिन परियारको डुबेर मृत्यु भएको हो।
उपप्रधान एवम् अर्थमन्त्री पौडेलले निजी क्षेत्रको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सामुदायिक विद्यालयहरुको अवस्था अनुगमन गर्न विराटनगर महानगरपालिकाले विज्ञसहितको अनुगमन समिति गठन गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिन नहुने बताउनुभएको छ ।
नेपाली सेनाले देशका विभिन्न स्थानमा विपद व्यवस्थापन, खोज तथा उद्धारका लागि आठ सय ६८ जनाको फौज परिचालित भएको जनाएको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरले सडकको सौन्दर्यता बढाउने बहुवर्षीय बिरुवा वितरणकार्य शुरु गरेको छ । सडकको सौन्दर्यता बढाउने ज्याकराण्डा, ढाँक, पारिजात, धुपिसल्ला, गोल्डमोहर प्रजातीका रातो, पहेलो, निलो फुल फुल्ने गुणस्तरीय बहुवर्षीय बिरुवा वितरणको कार्य शुरु गरेको हो ।
उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । गत जेठ २ गते उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको सयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ आज (शुक्रबार) सार्वजनिक भएको हो ।
पश्चिम तराईको पर्यटकीय गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या बढेको छ । निकुञ्जमा बाघ, घडियाल, विभिन्न प्रजापतका चराचुरुङ्गीलगायत जैविकविविधता हेर्न आउने पर्यटकको चहलपहल बढेको हो ।
एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले यूएईमाथि ६ विकेटको शानदार जित निकालेको छ ।
मुस्ताङमा नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ ।
काठमाडौँ, साउन ४ गते। एसीसी महिला एसिया कप क्रिकेटको पहिलो खेलमा यूएईविरुद्ध नेपालका सम्झना खड्काले अर्धशतक बनाउनुभएको छ। टस जितेर सुरुमा फिल्ड रोजेको नेपालविरुद्ध पहिला ब्याटिङ गरेको यूएईले दिएको ११६ रनको लक्ष्य पछ्याउनेक्रममा सम्झनाले ३५ बलमा अर्धशतक पूरा गर्नुभएको हो। उहाँले ८ चौकाको मद्दतमा ५० रन बनाउनुभएको हो। सम्झनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो अर्धशतक प्रहार गर्नुभएको हो । यूएईले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११५ रन बनाएको थियो। यूएईलाई सस्तैमा समेट्न नेपालका कप्तान इन्दु बर्माले तीन विकेट लिनुभयो। सबनम राई, कृतिका मरासिनी र कविता जोशीले एक एक विकेट हात पर्नुभयो। यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाउनुभयो। नेपालले १३ ओभरको समाप्तिमा नेपालले तीन विकेट बनाएर ८७ रन बनाएको छ। क्रिजमा सम्झना र रुबिना क्षेत्री हुनुहुन्छ।