स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विस्तारित सेवा प्रदान नगरेका उपत्यकाका सङ्घीय अस्पताललाई सेवा प्रदान गर्न निर्देशन दिएको छ ।
नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग अर्थ मन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ । नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझावसहित चेम्बर कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष सिंहदरवारमा भेतवार्ता गरेको हो ।
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एक जना शिकारीलाई गोली लागेर मरेको चित्तलसहित रङ्गेहात पक्राउ गरिएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने महादेवा जंगलबाट ४४ वर्षीय मोहन थारु रंगेहात पक्राउ परेका हुन् ।
बागलुङ नगरपालिकाभित्रका गोरु पाल्ने ८१ किसानले प्रोत्साहन रकम प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्र्तगत रु पाँच हजारका दरले रक वितरण गरेको हो ।
हिमाली जिल्ला म्याग्दीबाट ३५ जनाले गैर-आवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
साहित्यकार डा. चित्रकुमार माबोको कथा सङ्ग्रह डोलीभर्ना सार्वजनिक भएको छ। डा. माबोको कथा सङ्ग्रह डोलीभर्नाको काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो।
गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको पुँजीगतर्फ चार अर्ब ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपियाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७ दशमलव ०१ प्रतिशत हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन उपयुक्त माध्यम रहेको बताउनुभएको छ ।
सिन्धुली जिल्लाको सुनकोसी गाँउपालिका-३ शिखरकटेरी देउरालीका बासिन्दाले विद्युतीय लिफ्टबाट घर-घरमा खानेपानीको सुविधा पाएका छन्।
काठमाडौँ महानगरपालिका वडा नं. २२ स्थित न्यूरोडका स्थानीयले काठमाडौँ महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामलाई अवरोध गरेका छन् ।
नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले लिने विश्वासको मतको विपक्षमा मतदान गर्नेभएको छ ।
पहिरो हटाइएपछि विगत दुई सातादेखि अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालनमा आएको हो ।
राष्ट्रिय सभका अध्यक्ष नारायणप्रसाद दाहालले पछुताउन नपर्ने गरी सङ्घीय संसद भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताउनुभएको छ ।
केन्द्रीय विभागको कार्यदलले तयार गरेको सुझावपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले ९९ बुँदे सुझावको प्रतिवेदन बुझाउनुभएको हो।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिनुभएको छ ।