• ४ साउन २०८१, शुक्रबार

माबोको डोलीभर्ना सार्वजनिक

blog

डा. चित्रकुमार माबोको डोलीभर्ना कथासङ्ग्रह सार्वजनिक समारोह।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन ४ गते। साहित्यकार डा. चित्रकुमार माबोको कथा सङ्ग्रह डोलीभर्ना सार्वजनिक भएको छ। डा. माबोको कथा सङ्ग्रह डोलीभर्नाको काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रमका बिच सार्वजनिक गरिएको हो।

प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीलगायतले संयुक्त रुपमा कथा सङ्ग्रह डोलीभर्ना सार्वजनिक गर्नुभएको हो। सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्षसमेत रहनुभएका साहित्यकार माबोको डोलीभर्ना प्रथम कथासङ्ग्रह हो।

यता सार्वजनिक गरिएको कथा सङ्ग्रहमाथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र साहित्यकार प्रनिका कोयूले टिप्पणी गर्दै आफ्नो धारणा राख्नुभएको छ। कथा सङ्ग्रहले सामाजिक सद्भाव, समसामयिक विषय र लिम्बू जातिको संस्कार संस्कृति संरक्षण तथा उजागर गर्नमा टेवा पु र्‍य ाउने पाइएको टिप्पणीकर्ताले उल्लेख गर्नुभएको छ।

नेपाली साहित्यमा विद्यावारिधि गर्नुभएका माबोले पूर्वी पहाडको जनजीवन, वर्षौदेखिको सामाजिक सद्भाव, लिम्बू जातिको पवित्र मुन्धुम, संस्कार, संस्कृति तथा समसामयिक विषय समेटेर लेख्नुभएको १५ वटा कथा डोलीभर्नामा समावेश गरिएको छ। डोलीभर्ना कथासङ्ग्रहलाई साङ्ग्रिला बुक्सले बजारमा ल्याएको बताइएको छ।