• ४ साउन २०८१, शुक्रबार

विस्तारित सेवा प्रदान नगरेका अस्पताललाई सेवा प्रदान गर्न निर्देशन

blog

काठमाडौँ, साउन ४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विस्तारित सेवा प्रदान नगरेका उपत्यकाका सङ्घीय अस्पताललाई सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले शुक्रबार विज्ञप्ति निकाल्दै विस्तारित सेवा प्रदान नगरेका उपत्यकाका सङ्घीय अस्पताललाई सेवा प्रदान गर्न निर्देशन दिएको हो ।

विस्तारित अस्पतालका सेवा प्रदान नगरेका सङ्घीय अस्पतालहरुले विस्तारित अस्पतालका सेवा कार्यक्रम सञ्चालनसम्बन्धी, २०७७ बमोजिम सेवा यथाशीघ्र सुरु गर्न गराउनहुन र सो सेवा सञ्चालन गरेपश्चात् मन्त्रालयलाई जानकारी गराउन मन्त्रालयको अनुरोध छ ।

सो कार्यविधिको ढाँचा मन्त्रालयको वेभसाइटबाट डाउनलोड गर्न सकिने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ । २०८१ साउन ३ गते मन्त्रालय र उपत्यकाका सङ्घीय अस्पतालहरुबिच भएको छलफलका बुँदाहरु मन्त्रालयले सम्बोधन गरी सो कार्यविधिमा उपयुक्त परिमार्जन गर्ने मन्त्रालयले जनाएको छ ।