गुल्मीमा ५० प्रतिशत अनुदानमा कृषकहरूलाई कृषि मेसिनरी औजार वितरण गरिएको छ । जिल्लाको मदाने गाउँपालिकाले विभिन्न कृषक समूह, सहकारी र निजी फार्मका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि मेसिनरी औजार वितरण गरेको हो ।
काठमाडौँ, साउन ५ गते । मनसुनी विपदमा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरूप दुई लाखका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको र उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पुर्याएर पीडितपरिवारलाई राहत वितरण पनि गरिसकेका छन् । मनसुनको अवधिमा सबै प्रकृतिका विपदमा परेर अहिलेसम्म एक सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ ।त्यसमा सबैभन्दा बढी बाढी पहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ । मनसुनका समयमा यही देशभर परेको भारी वर्षाका कारण विपदका घटना बढेपछि उच्च जोखिममा रहेका एक सय २५ जनालाई सुरक्षा निकायद्वारा जीवित्तै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ । प्राधिकरणका प्रवक्ता उपसचिव डा.डिजन भट्टराईले ओखलढुङ्गा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिनुभयो ।शुक्रबार मात्रै गएको एक महिनामा भएको मनसुनी विपद्को अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत सङ्घ संस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान वस्तु वितरण गरिएको जानकारी दिएको छ । प्रतिवेद अनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहत स्वरूप १५ हजारदेखि २० हजारसम्म वितरण गरिएको जनाइएको छ । प्रवक्ता भट्टराईका अनुसार रेडक्रसबाट हालसम्म सात सय ४५ थान तारजाली, दुई सय ९५ थान ब्ल्याङ्केट, दुई सय पाँच थान म्याट्रेस, एक सय २५ थान भाँडाकुँडा, एकसय थान झुल, दुई सय २५ थान सरसफाइ किट, एक हजार एक सय ३८ मिटर कपडा उपलब्ध गराइएको र गृह मन्त्रालयमातहत निकायबाट पाँच सय २० थान त्रिपाल, ५० थान टेन्ट, तीन सय थान ब्ल्याङ्केट, उक सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ । उहाँले समन्वयात्मक रूपमा विपद् व्यवस्थापनको काम जारी रहेको पनि जानकारी दिनुभयो । यसपालि बढी वर्षा हुने आङ्कलन रहेको थियो । मनसुनको सुरुआत महिनामै भारी वर्षाले जनधनको क्षति गराएको छ । रासस
झापाको शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिका बिच भएर बग्ने कनकाई नदिको बहावमा बाँस तथा ट्युबको जाली बनाएर साखु जातको काठ चोरी तस्करी नरोकिँदा देशकै पर्यटकीय क्षेत्र दोमुखा काँठ चोरी तस्करीको केन्द्र बन्दै गएको छ ।
विद्यार्थी बोक्ने स्कुल बसबाट तस्करहरूले सामान तस्करी गर्नेगरेको रहस्य खुलेको छ । सिजी ग्रुपले सञ्चालन गरेको वीरगन्जस्थित दिल्ली पब्लिक स्कुल बसबाट शुक्रबार सशस्त्र प्रहरीले प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्ज भन्सार मेनगेटबाट अवैध रूपमा ल्याएको दुई लाख त्रिसट्ठी हजार सातसय बराबरको समान बरामद गरेपछि सो रहस्य खुलेको हो ।
उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सिसिटिभीले शनिबार जनाएको छ ।
नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब तीन करोड नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्र एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख सरकारी ऋण थपिएको छ ।
अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले तनहुँ जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । बाढीले प्याकेज–१ अन्तर्गत ‘ड्याम साइट’मा क्षति पुगेको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो ।
बाजुराका ११ जना महिला तथा बालबालिकाको कञ्चनपुरस्थित गड्डाचौकी नाकाबाट उद्धार गरिएको छ ।
ओखलढुङ्गामा विष खुवाएर दुई महिने शिशुको हत्या गरेको आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बालकको हत्या आरोपमा सिद्धिचरण नगरपालिका–४ चार्खुकी २६ वर्षीया दीप कुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो ।
नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली नेपाल आइपुगेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । आज बिहान द्वारिकाज होटल पुग्नुभएका उहाँले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । टल पुग्नुभएका उहाँले स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।
हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने मोरिम्ला नाका ६ वर्षपछि खुल्ने भएको छ । चीनको सिमानामा पर्ने उक्त नाका कोरोना महामारीपछि बन्द थियो ।
नेपाली साहित्यलाई जसरी शास्त्रीय, परिष्कार, स्वच्छतावादी धाराले सिँगार्ने काम गरेको छ, त्यसरी नै भक्तिधाराले पनि सिँगारेको छ । नेपाली साहित्यमा भक्तिकालको छुट्टै स्थान छ । यस
नेपालमा मैथिली नाटकको इतिहास र परम्परालाई निकै समृद्ध मानिन्छ । सांस्कृतिक रङ्गमञ्च परम्परा तथा लोकनाट्य मात्र होइन, नाटकको लिखित परम्परामा पनि निकै अगाडि देखिन्छ ।
कथा लेख्न बसेको छु । एउटै पात्रमा केन्द्रित बनेर । त्यसो त कथा अघि बढ्दै जाँदा अरू सहायक पात्र पनि आउलान्, ती पात्र मेरा पात्रसँगै जोडिएकाले सन्दर्भवश आएका मात्र हुन् । केन्द्रीय पात्र