• ५ साउन २०८१, शनिबार

कथाकेन्द्रित ध्रुव सापकोटा (पात्र)

blog

कथा लेख्न बसेको छु । एउटै पात्रमा केन्द्रित बनेर । त्यसो त कथा अघि बढ्दै जाँदा अरू सहायक पात्र पनि आउलान्, ती पात्र मेरा पात्रसँगै जोडिएकाले सन्दर्भवश आएका मात्र हुन् । केन्द्रीय पात्र त उहाँ मात्र हो । मेरो कथाको पात्र साहित्यको सम्मानित पात्र । ७३ वर्षको उमेर टेक्दै गरेको सिर्जनशील पात्र जसलाई यो देशले धु्रव सापकोटा भनेर चिनेको छ, कथा, कविता, निबन्ध, उपन्यास लेख्ने भनेर जानेको छ, सम्मान गरेको छ । २० वर्षको उमेरमै मृत्युसम्म कथा लेखेर कथा लेखनको आरम्भ भएको मात्र होइन साहित्य लेखनको कथा पनि यहीँबाट जोडिन पुग्छ उहाँको विसं २०२७ देखि । 

७३ वर्षअघिको कथा जोडिन्छ उहाँसँग उहाँको जन्मसँगै । विसं २००८ सालमा काभ्रेमा जन्मेदेखि, नौ कक्षामा जुद्धोदयमा  पढ्न काठमाडौँ आएपछि यतैको बासिन्दा भएकोसम्म । बिसै वर्षको उमेरमा दूरसञ्चारमा जागिर खाएर झन्डै सात वर्ष त्यता अडिए पनि त्रिवि सेवामा उहाँका पाइला मोडिए । तीन दशक यही थलोमा बितेको समयले उहाँलाई बढी परिचित गरायो, धेरैसँगको घुलमिल गर्ने र नजिकिने मौका पनि । १४ वर्षदेखि अवकाश प्राप्त जीवन काठमाडौँको बानेश्वरमा बित्दै आइरहेको छ, एक छोरा, एक छोरीका साथ जहाँ विगत पाँच दशकदेखि स्थायी थातथलो बनेको छ उहाँको । आपूmले २० वर्षको उमेरमा बिहे गरेको जीवनसाथी ७० को उमेरमा एक्लो पारेर परमधाम गएपछिको एक्लोपनको पीडा धु्रव सापकोटा यतिखेर भोगिरहनुभएको छ । जीवनका कथासँगै आउने व्यथा उहाँका पनि छन्, मनग्गे छन् । चित्त दुखाइ, सन्तु्ष्टि, असन्तुष्टि सबै छन् र पनि ध्रुव सापकोटा साहित्यमा निरन्तर लागिरहनुभएको छ । 

नयाँ बानेश्वर अब मेरा लागि पुरानो बानेश्वर भइसकेको छ, सधैँ नयाँ कहाँ भइरहन्छ र ? हो त्यही थलोमा सहकारी भवनमा  सम्मानित पात्र आइपुग्नुभएपछि उहाँकै पछि लागेर उहाँको घर पुग्छु । 

तपाईं त पहिले पनि आइपुग्नुभएको हो नि, बिर्सिनु भएछ । हुन त हिजोका साथीभाइ इष्टमित्रले त बिर्सन्छन्... यही संवादबाट अघि बढ्छ पात्रसँगको संवाद । पहिलो संवादमै व्यङ्ग्यमिश्रित पाउँछु म । अलिकति निराशा पनि । पदमा हुँदा र नहुँदा मान्छेले भोग्ने व्यवहार र मान्छेले मान्छेलाई चिन्ने सुखद अवसर पनि त हो । ध्रुव सापकोटाको सन्दर्भमा पनि यस्तै भएको छ । सव्रिmय रहेर दौडादौड गर्दाको जीवन जस्तो अनि सरकारी जागिरे भएर बितेका समयमा जस्तो साथीभाइ चिनेजानेका अहिले कहाँ पाउनु ? साढे पाँच दशकदेखि कथा लेख्दै आएको उहाँको बारेमै कथा लेख्न बस्ने हो भने बग्रेल्ती आउँछन् । सँगसँगै हिँडेका साथी प्रसिद्ध आख्यानकार परशु प्रधान, विनोद दीक्षितले त छाडेर गए गए मन मिल्ने, कुरा मिल्ने नगेन्द्रराज शर्मा, धु्रवचन्द्र गौतमसँगको भेट पनि पातलिँदै गयो ।

साहित्य, जागिर अनि साथीभाइसँग लागेर साहित्यमा बिताएका दिन सम्झने हो भने अत्यास पनि लाग्दो हो । ओ हो यस्ता पनि दिन थिए भनेर । सास फेर्न पनि फुर्सद निकाल्नु पर्ला जस्तो । समय फेरिएको छ धु्रव सापकोटाको यतिखेरको जीवन लेख्ने र पढ्नेमै बढी बित्ने गरेको छ । कैयौँ कथा आफैँमा बोकेर एक्लै र संयुक्त गरी पाँच पाँच वटा उपन्यास लेखेको उहाँले । आकाश विभाजित छ लेख्दा  १० जना अवतार बिघटन लेख्दा १० जना, देहमुक्त लेख्दा तीन जना र ज्यागा लेख्दा दुई जना हुँदै अकल्पनीय लेख्दा उहाँ मात्र देखापर्नु भयो । कथाका भने उहाँका सात वटा कृति छन् चिन्नेहरूले कथाकार ध्रुव सापकोटा भनेर चिन्छन् । साहित्यमा पहिलो पाइला टेक्दा नै कथालाई माध्यम बनाउनुभएका उहाँको २०३० सालमै प्रतिचव्रmव्यूह संयुक्त कथा सङ्ग्रह प्रकाशमा आएपछि कथा लेखनले विश्राम लिएको छैन । यसपछि आए, उच्चारण, नेपथ्य, हामी हाँसिरहेका छौँ, अन्धकार, बितेका, विचारको लास जस्ता कृति ।

कथामै किन केन्द्रित बन्नुभयो ? 

 मनमा आएका भावलाई अभिव्यक्त गर्ने माध्यम जे गर्दा पनि कथा नै बनेर आउँदो रहेछ । कथा नै लेख्छु भनेर लेखेको पनि होइन, भावलाई अभिव्यक्त गर्दा कथाकै स्वरूप लिन पुग्दो रहेछु । पहिले जस्तो त अचेल लेखन छैन । अहिले पहिले जस्तो कथाका विषय आउन छाडे, अचेल त डायरीमा टिप्दै गयो अनि केही समय लगाएर कथा लेख्न थालेको छु । प्रतिभा हुनेले लेख्ने हो भन्ने कुरा मात्र होइन रहेछ, लेखनका लागि अभ्यास पनि त्यत्तिकै महìवपूर्ण हुन्छ । डायरीमा टिपेका कुरालाई अभ्यास गरेर कथाको स्वरूप दिएको कारण पनि यही होला ? 

कथाकार ध्रुव सापकोटाका लागि कथा लेखन प्रिय हुनुको पनि कारण रहेछ । कथा लेखनका आरम्भिक दिनमै त्यतिबेला चर्चामा आइसक्नुभएकी पारिजातले ३४–३५ सालमै  जिन्दगी अर्थात् टाइम बम शीर्षकको कथा पढेर प्रशंसा गरिदिएपछि कथा लेखनमा थप उत्साहित हुनुभएको हो उहाँ । उहाँकै अनुभवले भन्छ यतिखेर यस्तो समय छैन, प्रशंसा र प्रोत्साहनको वातावरण अति कम छ ।

 लेख्न त कविता पनि लेख्नुभयो, निबन्ध पनि लेख्नुभयो, उपन्यास पनि झन्डै आधा दर्जन पुगिसके तर पनि धु्रव सापकोटा भन्नासाथ कथाकार व्यक्तित्व आइहाल्ने । 

कथाकार ध्रुव सापकोटाको सम्मुख छु उहाँका अभिव्यक्ति टिप्दै । कथाकै सन्दर्भ जोड्न खोज्छु म  । कैयौँ सन्दर्भका, विषयका कथा अझै लेखिएको छैन नेपाली साहित्यमा भन्छन् नि ? 

लेखनमा अलग स्थान बनाएर स्वभावमा पनि अलग परिचय छ उहाँको । सीमित साथीभाइसँग बढी घुलमिल गरे पनि हतपत उहाँ निकट बन्नु हुन्न । साहित्यिक कार्यव्रmमहरूमा पनि कमै देखापर्ने उहाँ लेखनमा बढी केन्द्रित बन्न रुचाउनुहुन्छ । कुनै समय थियो साहित्यिक पत्रकार सङ्घ, पेन नेपाल, शताब्दीको सदस्य बनेर सव्रिmय बन्नुभएको थियो । नेपाली साहित्यमा पनि उत्तिकै उच्च स्थान बनाउनुभएका साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको अभिनन्दन गर्ने सुअवसर पनि पाउनुभयो उहाँले साहित्यिक पत्रकार सङ्घमा रहँदा । बुट पालिस आन्दोलन, सडक कविता क्रान्तिमा सहभागी बनेर विद्रोहको स्वर पनि घन्काउनुभयो । एउटा विशिष्ट साधकको एक मात्र अभिनन्दन गर्दाको समय, प्रजातन्त्रका लागि साहित्यिक मञ्चबाट सक्दो योगदान दिएको सम्झदा उहाँलाई आज यत्तिकै सन्तोष लाग्छ ।  कलिलो बाल पाक्षिक, प्रतीक द्वैमासिक, वेणी मासिकको सम्पादकको चिनारी पनि अर्को उल्लेख्य पक्ष हो साहित्यकार ध्रुव सापकोटाको । 

उहाँको लेखनका बारेमा म जिज्ञासा राख्छु ।

लेखन पनि प्यासन हो । यसबाट केही प्राप्ति हुन्छ  भने धेरै राम्रो, भएन भने पनि ठिकै छ । मेरो लेखनको सन्दर्भमा मलाई के लाग्छ भने अझ गहिरिएर लेखुँ जस्तो लाग्छ । 

मेरो सोचले मूर्त रूप लिन्छ– लिँदैन वा मेरो इच्छा पूरा हुन्छ  हुँदैन म भन्न सक्दिनँ । एक त लेखनको कुरा, अर्को अब त उमेर पनि भइसक्यो । प्रयास गर्ने हो इच्छा पूरा हुने नहुने भविष्यको कुरो । 

समग्र लेखनमै कमी आएको सन्दर्भमा कथा विधामा पनि अचेल कम कलम चलेको उहाँ ठान्नुहुन्छ । आफ्नो लेखन पनि पहिले जस्तो नभएको मान्नुहुन्छ । समयले सधैँ एकनास गर्दो रहेनछ । महìवाकाङ्क्षा कम हुनु र मान्छेसँग छिट्टै घुलमिल हुन नसक्नुलाई आफ्नो कमजोरी ठान्ने उहाँ आफूलाई खास विशेषता भएको अलग मान्छेमा पनि गन्नु हुँदैन । बरु भन्नुहुन्छ– म सामान्य मान्छे, सामान्य क्षमता भएको । 

नेपाली साहित्यमा कथा र उपन्यास लेखनबाट आफूलाई स्थापित गराएर सम्मानित जीवन बाँच्दै आउनुभएका ध्रुव सापकोटा नेपाली साहित्यले पाएको एउटा विशेष मान्छे । 

मैनाली कथा पुरस्कार, जगदीश स्मृति पुरस्कार, रुद्रराज पाण्डे पुरस्कार, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार, कुलचन्द्र पुरस्कार, पद्मश्री पुरस्कार, साझा पुरस्कार सुरभी पुरस्कार आदिबाट सम्मानित भइसक्नुभएका सम्मानित नाम ध्रुव सापकोटा ।  मधुपर्क