शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ भन्ने धारणा राख्नुभएको छ ।
लुम्बिनी मेडिकल कलेजमा सञ्चालन भएको आमा सुरक्षा कार्यक्रम बन्द भएको छ । सरकारको मापदण्ड अनुसार तोकिएको रकम नपाएको भन्दै लुम्बिनी मेडिकल कलेज प्रभास तानसेनले २०८१ असार मसान्तदेखि आमा सुरक्षा कार्यक्रम सञ्चालन नगरेको हो ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोट रुकुमपश्चिमले भूकम्पपीडित सदस्यलाई १८ लाख सहयोग गरेको छ ।
बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबिचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गर्नुभएको छ । आन्दोलनले चर्को रूप लिँदै गएपछि मुलुकका विभिन्न सहरमा सैनिकहरू तैनाथ गरिएको छ ।
पर्याप्त वर्षा नहुँदा बाँकेमा हालसम्म ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार एक साताअघि पानी परे पनि त्यसयता पर्याप्त वर्षा नहुँदा रोपाइँ सुस्त गतिमा भइरहेको छ ।
जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरले विपदमा खोज तथा उद्धार, चोरी तस्करी तथा लागूऔषध नियन्त्रण र विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको छ ।
सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका-६ का २४ वर्षीय धनप्रसाद आचार्यको आज हेलिकप्टरबाट उद्धार गरिएको छ ।
ताप्लेजुङमा एक वर्षको अवधिमा विपत्जन्य घटनाका कारण नौ जनाको मृत्यु भएको छ । पछिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०८०/०८१ मा विपतजन्य विभिन्न घटनामा नौ जनाको मृत्यु भएको हो ।
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिनुभएको छ ।
कास्कीको पोखरा महानगरपालिका–१६ स्थित ढिकीडाँडाबाट देखिएको पर्यटकीय राजधानी पोखरा र आसपासको हरियालीको दृश्य ।
बाढीपहिरो पीडित परिवारहरूलाई पूर्व कानुनमन्त्री धनराज गुरुङले आर्थिक सहयोग गर्नुभएको छ ।
डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८०/८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ ।
नवलपुरको देवचुली नगरपालिका–१ केउरानीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा नौ सयभन्दा बढिले स्वास्थ्य परीक्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजना तथा पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा आयोजना गरिएको स्वास्थ्य शिविरमा नौ सय ३० जना लाभान्वित भएका छन् ।
यतिबेला ढोरपाटन क्षेत्र हरियाली भएका छन् । उपत्यकासहित चारै तिरका पहाड र समथर मैदानमा फुलेका रङ्गिन फूलले आगन्तुकलाई स्वागत गरिरहेका देखिन्छन् । प्रकृतिसँग रमाउन यो याममा धेरै आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्ने गर्छन् ।
गत तीन आर्थिक वर्षमा लगातार लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएपछि चालु आर्थिक वर्ष २०८१/०८२ का लागि नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य गत आर्थिक वर्षको तुलनामा एक अर्ब घटाइएको छ ।