शुक्लाफाँटा नगरपालिका-१० स्थित झलारी आयुर्वेद औषधालयलाई आर्थिक अभाव हुँदा सेवा बन्द हुने अवस्थामा पुगेका छन् ।
रौतहटको गुजरा नगरपालिका–४ लालबकैया खोला नजिकबाट सशस्त्र प्रहरीले अवैध काठसहित भारतीय नम्बरको सफारी गाडी नियन्त्रणमा लिएको छ ।
काठमाडौँ महानगरपालिकाले स्रोतमै फोहरको वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैलाई आग्रह गरेको छ । उत्पादन भएका सबै प्रकारका फोहर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा पुर्याउँदा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमै फोहरको वर्गीकरण गर्ने र कुहिने फोहर मात्र उक्त स्थानमा लानुपर्ने जनाएको हो ।
गाजाको वातावरणीय नमुनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । तर हालसम्म पक्षाघात रोगको कुनै घटना नभेटिनु राहतको कुरा रहेको राष्ट्रसङ्घका मानवतावादीहरूले शुक्रबार बताएका छन् ।
रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान गरेका छन् । एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानमा प्राविधिक समस्या देखिएपछि रुसको क्रास्नोयार्स्क विमानस्थलमा आकस्मिक गरिएको थियो ।
भोजपुरको पौवादुङमा गाउँपालिका-६ ठूलोदुम्मामा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र कन्यादह विस्कुट्ने डाँडाको संरक्षणमा स्थानीय जुटेका छन् । ऐतिहासिक क्षेत्र रहेकोले यहाँको विकास गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यले स्थानीयबासी स्वतःस्फूर्त संरक्षणमा जुटेका हुन् ।
उज्वेकिस्तान र किर्गिस्तानले द्विपक्षीय व्यापार दुई अर्ब अमेरिकीमा पुर्याउने योजना बनाएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले हालसम्मकै उच्च राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सिताराम ओझाका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा मात्रै ट्राफिक कारबाहीमा एक करोड एक लाख १७ हजार राजस्व सङ्कलन गरेको हो ।
तनहुँको बन्दीपुर गाउँपालिकावासीको बस्तीमै छिरेर चितुवाले आतङ्क मच्चाउन थालेपछि स्थानीय आतङ्कित भएका छन् ।
टर्कीका विभिन्न प्रान्तमा लागेको डढेलो नियन्त्रणमा आएको देशका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले बताउनुभएको छ ।
जिल्लाको व्यास नगरपालिका-५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष १६ लाख आम्दानी गर्नुभएको छ ।
बाँके जिल्ला अदालतमा पछिल्ला वर्षमा मुद्दाको चाप बढ्दै गइरहेको छ । मुद्दाको चाप बढेसँगै मुद्दाको फर्छ्यौट अनुपात पनि बढेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भेटेरै स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।
जिल्ला अदालत बाँकेमा पारिवारिक इजलासको सुरु गरिने भएको छ । पारिवारिक विवादसम्बन्धी मुद्दाको सुनुवाइ छिटोछरितो बनाउने उद्देश्यले यही साउन १६ गतेदेखि पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गरिएको हो ।
सुनसरीमा पछिल्लो समय ओल खेती घट्दै गएको छ । कुनै समय व्यापक रूपमा लगाइँदै आएको ओल खेती पछिल्लो समय भने घट्दै गएको हो ।