• ५ साउन २०८१, शनिबार

उज्वेकिस्तान र किर्गिस्तानले व्यापार दुई अर्ब अमेरिकी डलर पुर्‍याउने

blog

उज्वेकिस्तान, साउन ५ गते । उज्वेकिस्तान र किर्गिस्तानले द्विपक्षीय व्यापार दुई अर्ब अमेरिकीमा पुर्‍याउने योजना बनाएका छन् ।

उज्वेकका राष्ट्रपति शावकात मिर्जियोयेभले जुलाई १८ देखि १९ सम्म उज्वेकिस्तानको राजकीय भ्रमणमा रहेका किर्गिस्तानका राष्ट्रपति सदिर जापारोभसँगको भेटमा उज्बेक–किर्गिज सहयोगका विषयमा छलफल गरेको प्रेस सेवाले जनाएको छ ।

आगामी वर्षहरूमा व्यापार कारोबार दुई अर्ब अमेरिकी डलरमा पुर्‍याउन व्यापक उपायहरू विकास गर्ने महत्त्वमा जोड दिइएको छ । चीन–किर्गिजस्तान–उज्वेकिस्तान रेलमार्ग निर्माण लगायत रणनीतिक क्षेत्रीय परियोजनाहरूको शीघ्र व्यावहारिक कार्यान्वयनलाई प्राथमिकता दिइएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल