• ५ साउन २०८१, शनिबार

टर्कीको जङ्गलमा लागेको आगो नियन्त्रणमा

blog

टर्की, साउन ५ गते । टर्कीका विभिन्न प्रान्तमा लागेको डढेलो नियन्त्रणमा आएको देशका कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले बताउनुभएको छ ।

विभिन्न प्रान्तका नौ ठाउँमा भएको आगलागी नियन्त्रणमा आएको उहाँले बताउनुभएको हो । डढेलोका कारण भएको भौतिक क्षतिको विवरण नआइसकेको जानकारी उहाँले दिनुभयो ।

पश्चिमी र दक्षिणी टर्कीमा चलिरहेको गर्मीको लहरलाई ध्यानमा राख्दै उहाँले उच्च तापक्रम र कम आर्द्रताले अझै पनि थप आगलागीको उच्च जोखिम रहेको चेतावनी दिनुभयो ।

गर्मी महिनाहरूमा विशेष गरी पश्चिमी र दक्षिणी क्षेत्रहरूमा उच्च तापक्रमका कारण आगो लागेको बताइएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल