• ५ साउन २०८१, शनिबार

रुसमा रोकिएका एयर इन्डियाका यात्रु सान फ्रान्सिस्को प्रस्थान

blog

नयाँदिल्ली, साउन ५ गते । रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिस्को प्रस्थान गरेका छन् । एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानमा प्राविधिक समस्या देखिएपछि रुसको क्रास्नोयार्स्क विमानस्थलमा आकस्मिक गरिएको थियो ।

एयर इन्डियाले सामाजिक सञ्जाल एक्समार्फत उक्त विमान रुसबाट सान फ्रान्सिस्को प्रस्थान गरिसकेको जनाएको छ । एयर इन्डियाको एआई–११७९ विमान क्रस्नोयार्स्कबाट सान फ्रान्सिस्को (एसएफओ) को लागि सबै यात्रु तथा चालक दलका सदस्य लिएर उडान भरेको एयर इन्डियाले जनाएको छ ।

उडानपछि मस्कोस्थित भारतीय दूतावासले पनि यात्रुहरूलाई सहयोग गरेकोमा रुसको विदेश मन्त्रालय लगायत अन्य सहयोगी निकायहरूलाई धन्यवाद दिएको छ ।

यसअघि एयर इन्डियाले प्राविधिक समस्याका कारण क्रास्नोयार्स्क विमानस्थलमा फसेका  विमानका यात्रुहरूलाई सान फ्रान्सिसको पुर्‍याउन राहत उडानका लागि स्वीकृति प्राप्त गरेको बताएको थियो । रासस/एएनआई