बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका आठ सय विद्यार्थी नेपाल फर्केका छन् ।
दाङको दङ्गीशरण–७ बोगटी नजिकै जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत हुनुभएको छ ।
युक्रेनी भाषाको बचाउ गर्दै बारम्बार मुखर अभिव्यक्ति दिने एक पूर्व युक्रेनी राष्ट्रवादी सांसदको गृहनगर एलभिभमा एक बन्दुकधारीले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ ।
चितवनको सिमलताल पहिरोले बगाएका दुई बसमा सवार यात्रुमध्ये अहिलेसम्म २५ जनाको शव फेला परेको छ। जसमध्ये १७ जनाको सनाखत भएको प्रहरीले जनाएको छ।
यो वर्षको मनसुन अवधिमा विपत्तिमा परेर आजसम्म एक सय २८ जनाको मृत्यु भएको छ।
साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको नाममा स्थापना भएको ‘दाहाल यज्ञनिधि’ पुरस्कार यो वर्ष इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तीन साता अघि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा साढे पन्ध्र लाख रुपियाँ बढी रकम सङ्कलन (जम्मा) भएको छ।
जिल्ला अदालत म्याग्दीबाट विभिन्न समयमा फैसला भएका मुद्दाका फरार २६ जनालाई गिरफ्तार गरी झण्डै ८५ लाख रुपियाँ जारीवाना असुल गरिएको छ ।
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको योगदानप्रति आदर, श्रद्धा र सम्मान प्रकट गर्न ‘देशभक्त राजनेता कीर्तिनिधि विष्ट’ नामक ग्रन्थ प्रकाशन गरिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिनुहुने भएको छ ।
बर्दियामा वन्यजन्तुबाट ज्यान गुमाएका तथा घाइते व्यक्तिका परिवारलाई राहत हस्तान्तरण गरिएको छ ।
१८ घण्टा मेहनत गर्दा समेत पारिवारिक समस्या हल नभएपछि २०७७ सालमा चालक पेशा छोडेर थोरै लगानीबाट भैंसी पालन व्यवसाय सुरु गरेपछि गोरखा नगरपालिका – ११ का युवा बाबुलाल श्रेष्ठ अहिले महिनाको दुई लाख आम्दानी गर्न थाल्नु भएको छ।
रेष्टुरेन्ट, बार, लोकदोहोरी, क्लबलगायतका रात्रीकालिन व्यवसायहरुमा व्यवस्थित र मर्यादित श्रम संस्कारको विकास गर्न सके देशभित्रै रोजगारीको सिर्जना र आर्थिक सशक्तिकरणको जग बलियो हुनेमा जोड दिइएको छ ।
पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विकास निर्माणका काममा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।