गोरखामा १७९ औं पटक रक्तदान गर्ने एक जना सम्मानित भएका छन् । शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाको आयोजनामा अहिलेसम्मकै धेरै पटक १७९ औं पटक रक्तादान गर्ने रक्तादाता प्रेम सागर कर्मचार्यलाई गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर रानामगरले खादा र प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।
नारायणगढ–मुग्लिन सडक खण्डको जुगेडीस्थित भतेरी जङ्गलमा बस र तेल ट्यांकर ठोक्किदा बसमा सवार १६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।
दलित समुदायका पत्रकारले आफूहरुलाई पत्रकारितामार्फत अघि बढ्न विभिन्न चुनौती रहेको बताएका छन् । आर्थिक अवस्था कमजोर रहेको परिवेशमा जातीय भेदभाव तथा छुवाछूतका समस्याले पेसा गर्न निकै चुनौतीपूर्व बनेको बताएका हुन् ।
अल्पमतमा पर्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि कार्यसूची तयभएको छ।
नेपाली कांग्रेसका नेताले पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्ने बताइरहेका बेला कांग्रेस सभापति शेरबहादुर देउवा पक्षको यहाँ भेला भएको छ ।
माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापी प्राविधिक अवरोधका कारण प्रभावित बैङ्क, वित्तीय संस्था, एयरलाइन्सलगायतका सेवाहरू शनिबार बिस्तारै लयमा फर्किरहेका छन् ।
मकवानपुरका अग्रज साहित्यकार, गीतकार, गजलकार तुलसी घिमिरेद्वारा लिखित घामका फूलहरू (गजल सङ्ग्रह) शनिबार हेटौँडामा सार्वजनिक गरिएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति रामहरि खतिवडाले २३७ जना पहिरोपीडितलाई राहत सामग्री वितरण गर्नुभएको छ ।
नारागणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आजदेखि भारतीय टोली पनि परिचालन भएको छ ।
दोलखाको प्रसिद्ध धार्मिक स्थल दोलखा भीमेश्वरको सिलामा पसिना आएको छ । सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने सूचकका रूपमा हेरिने जनविश्वासका कारण राष्ट्र प्रमुख र सरकारले क्षमा पूजा पठाउने चलन छ ।
बाढीले क्षति पुगेपछि तनहुँको व्यास नगरपालिका–१ र १२ का दुई हजार भन्दा धेरै घरधुरीमा खानेपानीको अभाव भएको छ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले कारागार कार्यालय कास्कीको निरीक्षण गर्नुभएको छ । उहाँले कारागारमा पुगेर विभिन्न रोग लागि बिरामी भएका ९२ जना कैदीबन्दीको स्वास्थ्य अवस्था बुझ्नुभएको थियो ।
ललितपुरको महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरिगोविन्द श्रेष्ठले धार्मिक सम्पदा कहिल्यै नमासिने बताउनुभएको छ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक नेतृत्वलाई सम्मान गर्दै मुलुकलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
जेसीआई व्यास नगरले आयोजना गर्दै आएको व्यास नगर साइनिङ स्टारको दशौँ संस्करण हुने भएको छ । व्यास नगर क्षेत्रका १० देखि १४ वर्षसम्मका बालबालिकाहरूको प्रतिभा प्रस्फुटनको एउटा उत्कृष्ट प्लाटफर्मको रूपमा पहिचान स्थापित गरेको कार्यक्रम व्यास नगर साइनिङ स्टार यो वर्ष पनि गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष नवीन पुरीले बताउनुभयो ।