• ५ साउन २०८१, शनिबार

गोरखामा १७९ औं पटक रक्तादान गर्ने सम्मानित

blog

गुणबहादुर रोका
सुलीकोट, असार ५ गते ।
गोरखामा १७९ औं पटक रक्तदान गर्ने एक जना सम्मानित भएका छन् । शनिबार नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखाको आयोजनामा अहिलेसम्मकै धेरै पटक १७९ औं पटक रक्तादान गर्ने रक्तादाता प्रेम सागर कर्मचार्यलाई गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर रानामगरले खादा र प्रमाणपत्रले सम्मान गर्नुभएको हो ।

रक्तादानले मानिसको स्वास्थय पनि राम्रो हुने र मान्छेले मान्छेलालई निःस्वार्थ सेवा हुने भएकाले १६ देखि ६० वर्षसम्म रक्तादान गर्दै आएको नेपाल स्वयंसेवी रक्तादाताका केन्द्रीय अध्यक्ष कर्मचार्यले जानकारी दिनुभयो । 

उहाँले अनुसार जति रक्तादान गर्यो त्यति नै शरीर स्वास्थ्य हुने भएकाले पनि रक्तादानबारे अझ धेरै प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

काडमाडौं महानगरपालिका – २८ बागबजार स्थायी घर भएका कर्मचार्य अहिलेसम्म २८ जिल्लामा पुगेर रक्तदान गर्नुभएको छ ।

रक्तदान जीवन दान भन्ने मुल नाराका साथ आयोजना भएको कार्यक्रममा गोरखा नगरपालिका – ११ को ११ जना महिला तथा ३० जना पुरुषले रक्तदान गरेका गोरखा नगरपालिका – ११ का वडा अध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो ।

गोरखामा चितबन रेडक्रस सोसाईटी प्रादेशिक रक्तसञ्चार सेबा कार्यालयबाट आएको ६ जनाको चिकित्सक टोलीले ४१ पाउण्ड रगत सङ्कलन गरेको थियो । ४१ पाउण्ड रगत शनिबार आजै नै चितबन लगिएको वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।