भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८०-८१ मा एक खर्ब २७ अर्ब ८४ करोड रुपियाँ राजस्व उठाउने लक्ष्य दिएकोमा ७३ अर्ब ८३ करोड मात्र सङ्कलन भएको हो । भैरहवा भन्सारले अघिल्लो आवभन्दा तीन करोड छ अर्ब कम राजस्व सङ्कलन गरेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ ।
७० वर्षीय सोमबहादुर परियारले जीवनका सात दशक सडककिनारमै बिताउनुभयो । मानसिक सन्तुलन ठिक नहुँदा झनक्क रिसाउने उहाँको स्वभाव थियो । शरीरभरि फोहोरैफोहोर बोकेर स
बागमती प्रदेश सभाबाट मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिनु हुने भएकाे छ । उक्त प्रयोजनका लागि आज प्रदेश सभाको बैठक बस्दै छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा बिरामीको चाप र उपलब्ध स्रोत साधन प्रयोग गरेर दुई समूहमा ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ ।
नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।
केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन हुँदाको असर लुम्बिनी प्रदेशमा पनि देखिएको छ । सत्ता परिवर्तनकै कारण उत्पन्न राजनीतिक अन्योलले गर्दा केही दिनदेखि स्थगित भएको लुम्बि
बेँसीसहर–चामे सडकखण्ड अन्तर्गत पर्ने विभिन्न ठाउँमा असार १८ गते आएको बाढीले सडक अवरुद्ध भयो । चामे गाउँपालिका–१, तिमाङ खोलाको काठेपुल र तिमाङ ठुलो छहरा
गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायसँग सम्बन्धित कानुन समयव्रmमसँगै संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकको निरीक्षण गर्दै उहाँले सशस्त्र प्रहरीको क्षमता अभिवृद्धि र वृत्तिविकास तथा कल्याणका लागि सम्बन्धित ऐन तथा नियमलाई समय सापेक्ष परिमार्जन गरिने उल्लेख गर्नुभयो ।
आयुर्वेद उपचारमा बिरामीको आकर्षण बढ्दो छ । आयुर्वेद चिकित्सा पद्धतिको प्रभावकारिता बढ्दै जाँदा आयुर्वेद उपचारमा विश्वास राखेर उपचार गर्न आउने बिरामीको चाप बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्र सुनसरीले जनाएको छ ।
सत्ता साझेदारीको सहमति गरेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले बागमती प्रदेशमा सरकार सञ्चालनका लागि नौबुँदे न्यूनतम साझा कार्यक्रम तयार गरेका छन् । बागमती प्रदेश सभाका दुई ठुला दल कांग्रेस र एमालेका प्रतिनिधि सहभागी कार्यदलले सरकार सञ्चालनदेखि नागरिकलाई प्रदेश सरकार भएको अनुभूति दिने गरी न्यूनतम साझा कार्यक्रम बनाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मतको कार्यसूची अघि बढाइदिन प्रधानमन्त्रीले साउन २ गते नै सङ्घीय संसद्मा पत्राचार गरिसक्नुभएको छ । विश्वासको मत हासिल गर्न प्रतिनिधि सभामा उहाँले कम्तीमा १३८ मत पाउनु पर्छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र एमाले मिलेर सरकार गठन भएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४२ औँ स्मृति दिवस आइतबार देशभरि विभिन्न कार्यव्रmमको आयोजना गरी उहाँको स्मरण गरिँदै छ । कांग्रेसले केन्द्रीय का
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक अनुशासन, पारदर्शिता र जबाफदेहिता सबैभन्दा महत्पूर्ण रहेको बताउनुभएको छ । नेपाल चार्टर एकाउन्टेन्ट संस्थाले आयोजना गरेको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।