शनिबार १८ दिनपछि चामे गाउँपालिका–१ तिमाङस्थित तिमाङ पावर हाउसको काठेपुल आवतजावतका लागि तयार भएको छ ।
कालीकोटको तिलागुफा नगरपालिका –८ को टाकुल्लामा पहिरो गएको छ । लगातार परेको पानीले कर्णाली राजमार्गको कालीकोट–जुम्ला सडकखण्डको टाकुल्लामा पहिरो गएर यातायात सेवा बन्द छ ।
बोलिभियाको एन्डिज क्षेत्रको राजमार्गमा शनिबार ट्रक र बसबिच ठक्कर हुँदा २२ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
जापानको मुख्य उपभोक्ता मूल्यहरू जुनमा एक वर्ष अघिको तुलनामा २.६ प्रतिशतले बढेको छ । ऊर्जा र खाद्यान्नको बढ्दो मूल्य कायम रहेको छ ।
जिल्लाबाट चित्तलको मासुसहित एकजनालाई पक्राउ गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले गएराति कोहलपुर नगरपालिका–१३ का मोहन थारूलाई ६० किलोग्राम चित्तलको मासुसहित पक्राउ गरेको हो ।
पश्चिम नेपालको बाँकेलगायतका जिल्लामा बोलिने अवधी भाषा, संस्कृति र कलाको संरक्षणका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ ।
अफ्रिकामा १५ लाख शिक्षकको अभाव भएको छ । जसले महादेशको विकासमा बाधा पु र्याएको अफ्रिकी संघ (एयू) का एक वरिष्ठ अधिकारीले बताउनुभयो ।
त्रिशूली नदीमा बस खसेर ज्यान गुमाएका ११ जनाको परिवारलाई रौतहटको बौद्धीमाई नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
मुलुको प्रमुख भन्सार नाका बीरगञ्ज भन्सार कार्यालय आर्थिक वर्ष २०८०–८१ का लागि भन्सार बिभागले तोकेको लक्ष्यभन्दा झण्डै ३६ प्रतिशत कम राजस्व संकलन गरेको छ ।
गुल्मीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका –२ निवासी ३१ वर्षका बोमबहादुर कार्कीलाई निस्ती खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभयो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु. एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो ।
हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने सडक काली गण्डकी कोरिडोरअन्तर्गतको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा शनिबार राती खसेको पहिरोले मोटरसाइकल पुरिएर क्षति भएको छ भने चालक सकुशल रहनु भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्षको बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८० चार जनालाई प्रदान गरेको छ । आइतबार बिहान काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिएको हो ।
जिल्लाको बेनीनगरपालिका–९ गलेश्वरस्थित ज्येष्ठ नागरिक आश्रममा गलेश्वर शिवालयमा सङ्कलन भएको भेटीघाटी र दाताले दिएको रकमबाट प्रेक्षालय निर्माण भएको छ
तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण [गुरु पूर्णिमा] का अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।