• ६ साउन २०८१, आइतबार

खोलाले बगाउँदा एक बेपत्ता

blog

फाइल तस्विर

तिलाचन पाण्डे 

तम्घास, साउन ६ गते। गुल्मीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका –२ निवासी ३१ वर्षका बोमबहादुर कार्कीलाई निस्ती खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो। 

कार्की शनिबार बेलुकी इस्मा गाउँपालिका –१ निस्ती खेतबाट फर्किएर निस्ति खोला तर्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । मुसिकोट नगरपालिका वडानम्बर –१ अरेवा घर भई हाल  वडानम्कर –२ निस्ति मामाघरमा बस्दै आएको स्थानीयले बताएका छन् ।

कार्की ‘ख’ वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ । शनिबार बेलुकी बेपत्ता भए पनि आइतबार बिहान प्रहरीलाई जानकारी प्राप्त भएको थियो । कार्कीको प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय गुल्मीले  जनाएको छ ।