• ६ साउन २०८१, आइतबार

बेनी–जोमसोम सडक खण्डमा पहिरो बाइक पुर्‍यो

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, साउन ६ गते । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने सडक काली गण्डकी कोरिडोरअन्तर्गतको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा शनिबार राती खसेको पहिरोले मोटरसाइकल पुरिएर क्षति भएको छ भने चालक सकुशल रहनुभएको छ ।

म्याग्दी सदरमुकाम बेनी देखि अन्नपूर्ण गाउँपालिका–५ शिखतर्फ जाँदै गरेको ध २ प ६०३३ नम्बरको पल्सर कम्पनीको २२० सिसिको मोटरसाइकल गुडिरहेको अवस्थामा एक्कासि पहिरो खसेर पुरिएको थियो । मोटरसाइकलका चालक अन्नपूर्ण गाउँपालिका–५ का ४४ वर्षीय बाबुराम गर्बुजा भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले बताउनुभयो । उहाँका अनुसार पहिरो झर्न थालेपछि मोटरसाइकल त्यहीँ छाडेर चालक भने भागेर ज्यान बचाउन सफल हुनुभएको छ । 


पहिरोमा पुरिएको मोटरसाइकल । तस्बिर: अमृत