• ६ साउन २०८१, आइतबार

बीरगञ्ज भन्सार कार्यालयले लक्ष्य भेट्टाएन

blog

बीरगञ्ज भन्सार कार्यालयको मुख्य भवन ।

कन्हैयालाल केशरी 

पर्सा, साउन ६ गते। मुलुको प्रमुख भन्सार नाका बीरगञ्ज भन्सार कार्यालय आर्थिक वर्ष २०८०–८१ का लागि भन्सार बिभागले तोकेको लक्ष्यभन्दा झण्डै ३६ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

भन्सार बिभागले आर्थिक वर्ष २०८०–८१ का लागि २ र्खब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजश्व उठाउने लक्ष्य दिएकोमा आर्थिक वर्ष २०८०–८१ मा एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रुपियाँ संकलन भएको बीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता रधुलाल कर्णले जानकारी दिनुभयो । 

आइसिपी भन्सार कार्यालयले तोकिएको लक्ष्यभन्दा झण्डै ८८ अर्ब ४८ करोड १९ लाख ५४ हजार रुपियाँले कमी हो । बीरगञ्ज भन्सार कार्यालयले भन्सार महसुल तर्फ ५८ अर्ब ८७ करोड ९९ लाख ८३ हजार राजश्व सङ्कलन गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ ६६ अर्ब ७५ करोड ९४ लाख रुपियाँ राजस्व संकलन गरेको छ।

यस्तै, अन्त शुल्कतर्फ १० अर्ब १९ करोड ८७ लाख ८० हजार संकलन भएको छ । त्यसैगरी पूर्वाधार करतर्फ १४ अर्ब ४३ करोड ५१ लाख ७४ हजार कृषि सुधारतर्फ एक अर्ब ३८ करोड ५८ लाख २० हजार राजश्व सङ्कलन भएको छ । सडक मर्मत तथा सुधारतर्फ तीन अर्ब ६७ करोड ६४ लाख ७४ हजार र सडक निर्माण तथा सम्भार दस्तुरमा एक अर्ब ९९ करोड ५२ लाख ७० हजार रूपियाँ राजश्व सङ्कलन भएको छ । 

यस्तै, हारीत करतर्फ २६ करोड ९९ हजार बिलासितातर्फ ६६ लाख ११ हजार राजश्व सङ्कलन गरेको छ। अर्कोतर्फ भन्सार महसुलको निर्याततर्फबाट दुई करोड ३९ लाख ५० हजार स्वास्थ्य जोखिम करतर्फ एक करोड १५ लाख ६७ हजार राजश्व सङ्कलन भएको भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।