नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका यात्रुहरुको खोजी गर्न दुई सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।
बङ्गलादेशमा व्यापक हिंसा भड्किएपछि सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणको विषयमा दायर गरिएको अपिलबारे आइतबार सुनुवाइ गर्ने भएको छ । प्रहरी र विश्वविद्यालयका विद्यार्थीबिच देशव्यापी झडप हुँदा १५१ जनाको मृत्यु भएको छ ।
नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको अमेरिकी सहयोग नियोग युएसएआइडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त हुनुभएको छ ।
दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य क्षेत्रका सबैले जान्दछन् । हास्यव्यङ्ग्यात्मक लेखनमा रुसका निकोलस गोगल्स, चेखभ आदि लोकप्रिय छन् ।
सदरमुकाम सिमकोटस्थित महिला छात्रावासमा बस्दै आउनुभएका छात्राहरुलाई स्टेसनरी वितरण गरेर बिपी स्मृति दिवस मनाइएको छ । हिमाली जिल्ला हुम्लामा ४२ औं बिपी स्मृति दिवस मनाउने क्रममा सो स्टेस्नरी सामग्री वितरण गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सङ्घीय संसदमा सशक्त रुपमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले जनसरोकारका विषयमा प्रभावकारी ढङ्गले आफ्ना विषय राख्ने निर्णयसमेत गरेको हो ।
गण्डकी प्रदेशका व्युटिपार्लर एसोसियसनको अध्यक्षमा बबिता केसी कार्की निर्वाचित हुनुभएको छ । गण्डकी प्रदेशको कास्कीमा भएको भेलाले उहाँलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रस्ताव गर्नुहुने विश्वासको मतको विपक्ष मतदान गर्ने निर्णय गरेको हो ।
ऐतिहासिक जाजरकोट दरबारलाई मनसुनजन्य प्रकोप तथा वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको छ । गत कात्तिक १७ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको ऐतिहासिक जाजरकोट दरबार मनसुनजन्य प्रकोप तथा वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले बिपी कोइराला लोकतान्त्रिक समाजवादी चिन्तनधाराका गुरुका रुपमा स्थापित हुनुभएको बताउनुभएको छ ।
बागमती प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले आज सो निर्णय गरेको हो ।
प्रजातन्त्रका लागि फुट्दै गरेका आवाजहरू थुन्नका लागि तत्कालीन राणा शासकहरूले ‘देशद्रोह’को बिल्ला भिराएर त्यो बेला धेरै योद्धाहरूलाई देश निकाला गरेका थिए । तीमध्ये एक थियो कृष्णप्रसाद कोइरालाको परिवार ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । आइतबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैहुनुहुन्छ ।
दाङमा तीन अर्ब ८४ करोड राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा तीन अर्ब ८४ करोड ५२ लाख ४० हजार तीन सय ४० रुपियाँ ७४ पैसा राजस्व सङ्कलन भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई तत्कालीन राजाले निर्वाचित हुन पाइन्न भन्ने सन्देश दिन जेलमा थुनेको बताउनुभएको छ ।