पछिल्लो समयमा खस्किँदै गएको शिक्षाको नतिजा सुधार गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनको एक र्यालीमा आफूमाथि भएको घातक आक्रमणलाई उद्धृत गर्दै आफूले ‘लोकतन्त्रका लागि गोली खाएको’ बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान गरिएको छ । दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकु्मार सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशका विभिन्न मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति जनताले देखाएको विश्वास र भरोसाको प्रमाण शेयर बजार भएको दाबी गर्नुभएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले आइतबार बसेको प्रदेश सभाको बैठकमा राजीनामा घोषणा गर्नुभएको हो ।
बाँकेमा गत आव २०८०/८१ मा लुम्बिनी प्रदेश सरकारको ३१ प्रतिशत बढी बजेट ‘फ्रिज’ भएको छ । प्रदेश सरकारअन्तर्गतका कार्यालयले बजेट खर्च गर्न नसकेपछि फिर्ता भएको हो ।
म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरस्थित उपाल्लाचौरका कृषक लोकबहादुर थापा मगरले यसपाली असारको दोस्रो हप्तामै धान रोपाइँ सक्नुभएको छ । तीन वर्ष अघि देखि सुरु भएको उपल्लाचौर सिँचाइ योजना सम्पन्न भएर ढोडेनी खोलाको पानी खेतमा आएपछि आकासे पानीको भरमा धान रोप्नुपर्ने थापामगरको बाध्यता हट्यो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गा विवाद छिटो सुल्झाउन आफूले पहल गर्ने बताउनुभएको छ ।
प्रधानन्त्री केपी शर्मा ओलीले जनतामा भरोसा जगाउने र सुरु गरिएका काम सक्नेकुरा प्राथमिकतामा रहेको बताउनुभएको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा यहाँका सरकारी कार्यालयको ८७ करोड बढी रकम फिर्ता खर्च हुन नसकेर फिर्ता भएको छ ।
डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष ०८०/०८१ मा जिल्लाका विभिन्न स्थानबाट विभिन्न प्रजातिका ९९ वटा वन्यजन्तुको उद्धार गरेको छ ।
स्याङ्जाका युवा साहित्यकार मिलन समीरको नयाँ कृति ‘मिलन मन्त्र’ विमोचन गरिएको छ । वैकल्पिक बाटो पृथक पाइलाअन्तर्गत ‘समीर साँझ २०८१’ अर्थात् एकल मुक्तक वाचन का अवसरमा मिलनमन्त्र विमोचन तथा विमर्श गरिएको हो ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामाको नाम तय भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई भ्रष्टाचार गर्न नदिने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।