• ६ साउन २०८१, आइतबार

‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेको’ ट्रम्पको भनाइ

blog

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प

ग्रयाण्ड र्‍यापिड्स (संयुक्तराज्य अमेरिका), साउन ६ गते । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनको एक र्‍यालीमा आफूमाथि भएको घातक आक्रमणलाई उद्धृत गर्दै आफूले ‘लोकतन्त्रका लागि गोली खाएको’ बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति चुनावमा आफ्नो उम्मेदवारीको पक्षमा प्रचार गरिरहेका ट्रम्पले आफूमाथि भएको आक्रमणपछि पहिलो पटक चुनावी र्‍यालीलाई सम्बोधन गर्नुभएको हो । उहाँको साथमा रिपब्लिकन पार्टीका उपराष्ट्रपति पदका उम्मेदवार जेडी वायन पनि हुनुहुन्थ्यो ।

शुक्रबार उहाँले खचाखच भरिएको र्‍यालीस्थल ग्रान्ड र्‍यापिड्समा डेमोक्र्र्याट्सले आफूलाई लोकतन्त्रका लागि खतरा भन्दै आएको बताउनुभएको थियो ।

उहाँले तालीको गडगडाहटबीच आफू ‘ह्वाइट हाउस फिर्ता लिन’ तयार रहेको बताउनुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गत साता भएको आक्रमणको अनुसन्धान भइरहेको छ । आक्रमणमा गोलीले ट्रम्पको कानमा लछारेको थियो ।

गत शनिबार ट्रम्प कानमा पट्टी बाँधेर रिपब्लिकन नेसनल कन्भेन्सनमा पुग्नुभएको थियो । तर मिशिगनको र्‍यालीमा उहाँले आफ्नो कानमा पट्टी बाँध्नुभएको थिएन । रासस/एएफपी