घोराही उपमहानगरपालिका-६ का मनकला अधिकारी ८२ वर्षका पार गर्नुभयो । पन्ध्र वर्षअगाडि श्रीमानको निधन भएपछि उहाँ एक्लै हुनुभयो । बिहान-बेलुकाको समय घरमा छोराबुहारी नातीनातिनासँग बित्ने गर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा आशा र उत्साहको सञ्चार गराई देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान वर्तमान सरकार बनेको बताउनुभएको छ।
शुक्रबार राती भएको सवारी दुर्घटनामा घाइते भएकी महिलाको आइतबार बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २, आँपटारीस्थित बाइपास सडकमा विशोलचोकबाट आँपटारी तर्फ गइरहेको मोटरसाइकलको ठक्करबाट ४२ वर्षीय सुष्मा श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो ।
सत्तारुढ नेकपा (एमाले)मा सांसद रघुजी पन्तले ज्येष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने व्यवस्था हटाउन सरकारसँग माग गर्नुभएको छ ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिनु माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले राजीनामा माग गर्नुभएको हो ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।
बंगलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किएपछि बङ्गलादेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । आइतबार बिहान उनीहरु त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् ।
एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा आइतबार नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको डम्बुला स्टेडियममा नेपाल र पाकिस्तानको खेल साँझ ७ः१५ बजे सुरु हुँदैछ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइरालाको स्मरण गर्नुहुँदै उहाँ साहित्यकार, ‘साइकोलोजिस्ट’ सबै कुरामा योग्य रहनुभएको बताउनुभएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकाउन्टेण्टका लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
कांग्रेस संसदीय दलको आज बसेको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राख्नु हुनेछ ।
बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका छन् ।
देशभर एक हजार ६५७ मा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रअन्तर्गका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ६५७ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।
एक जना बालिकाको संस्कृत शिक्षाको प्रश्नले एउटा अभियानको थालनी गरेको छ । त्यही अभियान अन्तर्गत सञ्चालन भएको घर–घरमा गुरुकुल शिक्षाबाट घरमा नै बसेर संस्कृत अध्ययन गरेको १०८ मातृशक्तिले शनिबार १०८ आवृत्ति विष्णुसहस्रनाम स्तोत्र एक स्वर र लयमा पाठ गरेका हुन् ।
यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।