लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री महराले राजीनामा दिनुभएको हो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेट विपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विवादको रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सो रिटमा सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।
नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले वर्तमान सरकार कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज भएको बताउनुभएको छ ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८०–८१ मा एक हजार ८०२ खाद्य तथा दानाको नमूना विश्लेषण गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन आजदेखि सुझाव सङ्कलन गर्न १० दिने छलफल अभियान थाल्नुभएको छ ।
सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलबिच संवाद र सहमति गरेर अघि बढ्ने कुरामा आफूहरू स्पष्ट रहेको बताउनुभएको छ।
मोरङको उर्लाबारी–८ स्थित राजघाट आयुर्वेद औषधालय आइतबार नयाँ भवनमा सरेको छ ।
अब किसानले समयमा नै मल र बीऊ पाउने कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले बताउनुभएको छ । किसानले सहजै मल पाउने वातावरण नबनेसम्म कृषिमा विकास नहुने नवनियुक्तमन्त्री अधिकारीको भनाइ छ ।
जिल्लाको पुतलीबजार नगरपालिका–५ चौरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बोइलर कुखुराको फार्म सफा गर्ने क्रममा करेन्ट लाागेर घाइने हुनुभएको ३१ वर्षीया शुशिला कार्की घाइते हुनुभएको थियो ।
ताप्लेजुङमा राहदानी (इ–पासपोर्ट) बनाउनेको सङ्ख्या घटेको छ । आर्थिक वर्ष २०८०/०८१मा ताप्लेजुङमा राहदानी बनाउनेको सङ्ख्या घछेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुका साथै आफ्नो संस्कृतिको जगेर्नाका लागि खेलकुद मेला सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गरी दोषीउपर कारबाही गरिने बताउनुभएको छ।
कम्बोडिया अधिकारीसँगको सहकार्यमा भारतीय दूतावासले साइबर अपराध प्रकरणमा फसेका १४ जना भारतीय नागरिकको उद्धार गरेको छ र उनीहरू चाँडै घर फर्कने भारतीय दूतावासले एक विज्ञप्तिमा जनाएको छ ।
साँझ छिप्पिँदै थियो । मधुरो उज्यालोमुनि कलाकार भुईँमा पलेँटी कसे । बागलुङ बजारको एक प्रतीक्षालयमा सङ्गीतप्रेमी व्यग्र थिए, गीसङ्गीत सुन्न र त्यसको तालमा रमाउन । बिस्तारै गुन्जियो ‘तिमी रामराम भजी बाँच’ । यही भजनबाट शनिबार गायक अरुण थापा मगरको २५औँ स्मृति दिवस ‘अरुण स्मृति साँझ’ आरम्भ भयो ।