• ६ साउन २०८१, आइतबार

करेन्ट लागेर महिलाको मृत्यु

blog

अर्जुन काफ्ले
स्याङ्जा, साउन ६ गते ।
जिल्लाको पुतलीबजार नगरपालिका–५ चौरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

बोइलर कुखुराको फार्म सफा गर्ने क्रममा करेन्ट लाागेर घाइने हुनुभएको ३१ वर्षीया सुशीला कार्की घाइते हुनुभएको थियो ।

घाइते कार्कीको उपचारका लागि स्याङ्जा जिल्ला अस्पताल स्याङ्जामा लगिएकोमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गर्नुभएको हो ।

घटनाको थप अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।