• ६ साउन २०८१, आइतबार

ब्युटिपार्लर एसोसिएसन अध्यक्षमा केसी

blog

ब्युटिपार्लर एसोसिएसन गण्डकी प्रदेशको नवनिर्वाचित समिति ।

राधाकृष्ण डुम्रे

वालिङ, साउन ६ गते । गण्डकी प्रदेशका व्युटिपार्लर एसोसियसनको अध्यक्षमा बबिता केसी कार्की निर्वाचित हुनुभएको छ । गण्डकी प्रदेशको कास्कीमा भएको भेलाले उहाँलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

समितिको बरिष्ठ उपाध्यक्षमा शोभना शाक्य, उपाध्यक्षमा सावित्रा केसी श्रेष्ठ, महासचिवमा माया विश्वकर्मा, कोषाध्यक्षमा पुष्पा पौडेल र सहसचिवमा संकल्प श्रेष्ठ निर्वाचित हुनुभएको छ । 

प्रदेश सदस्यमा लिशु अधिकारी, कामना गुरुङ, रिता कार्की, मन्जु अधिकारी, शुष्मा गुरुङ, पुष्पा अर्याल र विसु श्रेठ रहनु भएको निर्वाचन समितिका संयोजक तथा एसोसिएसनका कानुनी सल्लाहकार अधिवक्ता गीता आचार्यले जानकारी दिनुभयो । 

यस्तै, ब्युटिपार्लर एसोसिएसन कास्कीको अध्यक्षमा छायाँ ढकाल, स्याङ्जाको अध्यक्षमा पमिला गुरुङ, लेखनाथ इकाईको अध्यक्षमा सोमा शर्मा निर्वाचित हुनु भएको छ ।

कार्यक्रममा नेपाल घरेलु  तथा साना उद्योग महासंघ गण्डकी प्रदेशका महिला अध्यक्ष तथा ब्युटिपार्लर एसोसिएसन नेपालका संस्थापक अध्यक्ष एबं संरक्षक, बरिष्ठ ब्युटिसियन चिनु गुरुङले नयाँ जोस र जाँगरका साथ संस्थालाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।