• ६ साउन २०८१, आइतबार

अफ्रिका महादेशमा १५ लाख शिक्षकको अभाव

blog

अफ्रिका, साउन ६ गते । अफ्रिकामा १५ लाख शिक्षकको अभाव भएको छ । जसले महादेशको विकासमा बाधा पु र्‍य ाएको अफ्रिकी सङ्घ (एयू) का एक वरिष्ठ अधिकारीले बताउनुभयो ।

शिक्षा, विज्ञान, प्रविधि र आविष्कारका लागि एयू आयुक्त मोहम्मद बेल्होसिनले घानाको राजधानी अक्रामा एयूको कार्यकारी परिषद्को चलिरहेको ४५ औं साधारण सत्रमा पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभएको हो ।

उहाँले यो घाटाले महादेशको शिक्षा र विकासको आकाङ्क्षा पूरा गर्ने क्षमतामा नकारात्मक असर पर्ने चेतावनी दिनुभयो । त्यसैले आयुक्तले संयुक्त राष्ट्र सङ्घले तय गरेको सन् २०३० सम्ममा शिक्षामा दिगो विकास लक्ष्यहरू हासिल गर्न महादेशलाई आह्वान गर्नुभयो ।

शैक्षिक प्रणालीमा पहिले नै लगानी गरिसकेको भए पनि बलियो प्रयास हुन नसकेको बताउनुभयो । अफ्रिकालाई करिब ९० अर्ब अमेरिकी डलरको लगानी आवश्यक रहेको बताइएको छ । थप दक्ष व्यक्तिलाई पेशा अँगाल्न उत्प्रेरित गर्न शिक्षण पेशालाई पुनः ब्राण्डिङ गर्न आग्रह गर्नुभयो ।

उहाँले अफ्रिकामा शिक्षा प्रणाली सुधार गर्नका लागि विश्वव्यापी सहयोगको आह्वान गर्नुभयो । विश्वका अन्य भागहरूमा कम जनसङ्ख्या वृद्धिका कारण आगामी २० वर्षमा सम्पूर्ण विश्वले अफ्रिकी युवाहरूमा निर्भर रहनुपर्ने हुनसक्छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल