• ६ साउन २०८१, आइतबार

सुनको मूल्य एक हजार तीन सयले घट्यो

blog

काठमाडौँ,  साउन ६ गते । सुनको मूल्य आज प्रतितोला रु. एक हजार तीन सयले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु. एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो । 

त्यस्तै शुक्रबार प्रतितोला रु. एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज रु. एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ । 

चाँदीको मूल्य भने आज प्रतितोला रु २० ले घटेको छ । शुक्रबार प्रतितोला रु. एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार आठ सय १० निर्धारण भएको छ ।  रासस