• ६ साउन २०८१, आइतबार

स्वास्थ्य सेवा प्रभावकारी बनाउन निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ६ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा बिरामीको चाप र उपलब्ध स्रोत साधन प्रयोग गरेर दुई समूहमा ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ । 

यसअघि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अस्पतालका प्रमुखहरूसँग अस्पतालमा भइरहेको सेवालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नुभएको थियो । अस्पताल प्रमुखहरूसँगको छलफलपछि मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले अस्पतालमा शøया नपाई भर्ना हुन नसक्ने अवस्था अन्त्य गर्न पनि निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले अस्पतालमा बिरामीको भीड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन गर्ने, टोकन नम्बर व्यवस्था गर्ने, विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी दिनुभयो । 

उहाँले अस्पतालमा सामान्य व्यवस्थापनले पनि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन सकिने बताउनुभयो । 

उहाँले बिरामीले सामान्य कामका लागि अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन अस्पताल प्रमुखद्वारा विभागीय प्रमुख तथा अन्यलाई अधिकार प्रत्यायोजन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको बताउनुभयो । 

डा. पौडेलले सरकारी अस्पतालका कतिपय विभागमा पाँचभन्दा बढी युनिट रहेको तथा पर्याप्त चिकित्सक हुँदाहुँदै पनि ओपिडी तथा शल्यव्रिmयामा चिकित्सकको कमी देखिने गरेको बताउनुभयो ।

उहाँले मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्न, स्वास्थ्य बिमा कार्यव्रmमबाट उपलब्ध गराइने सबै औषधी अस्पतालको फार्मेसीमा पर्याप्त राख्नका लागि निर्देशन दिएको 

बताउनुभयो । 

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बिरामीलाई अस्पतालले प्रदान गर्ने कुन सेवा कहाँ पाइन्छ भन्ने जानकारी नहुँदा बिरामीलाई समस्या परेको र अव्यवस्थित भीड बढेको भन्दै त्यसको समाधानका लागि सबैले नक्सा देख्ने गरी टाँस्नुपर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले अस्पतालले स्वयंसेवक परिचालन गरेर पनि बिरामीलाई सहयोग गर्न निर्देशन दिइएको बताउनुभयो ।