• ४ साउन २०८१, शुक्रबार

तोलामा दुई हजारले घट्यो सुनको मूल्य

blog

काठमाडौँ,  साउन ४ गते ।  स्थानीय बजारमा सुनको मूल्य तोलामा रु. दुई हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला रु. एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज भने रु. एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ ।

बिहीबार प्रतितोला रु. एक लाख ४८ हजार आठ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने रु. एक लाख ४६ हजार आठ सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा रु. ३० ले घटेको छ । बिहीबार प्रतितोला रु. एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार आठ सय ३० निर्धारण गरिएको छ । रासस