• ४ साउन २०८१, शुक्रबार

बारेकोटमा खोलाले बगाउँदा बालक बेपत्ता

blog

सहदेव बस्नेत
जाजरकोट, साउन ४ गते ।
जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । बारेकोट गाउँपालिका –३ बुढागाउँ बस्ने भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा स्याली खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।

बिहीबार गाईवस्तु चराउन गएका महेन्द्रलाई स्याली  खोलाले बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी पुरुषाेत्तम पाण्डेले गाई चराउन जाँदा खोलामा बगेको सूचना लगत्तै प्रहरी घटनास्थलमा पुगेर खोजी कार्य गरिरहेको, तर हालसम्म फेला पार्न नसकिएको जानकारी दिनुभएको छ । अहिले पनि प्रहरी र स्थानीयद्वारा खोजी कार्य भइरहेको जनाइएको छ ।