म्याग्दीको पश्चिम भेगलाई सडक सञ्जालसँग जोड्ने बेनी–दरबाङ सडक अन्तर्गत बेनी नगरपालिका –४, र मङ्गगला गाउँपालिका–२, को सिमानामा पर्ने फापरखेतमा पहिरो गएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ । द्विपक्षीय साझेदारी अझ उचाइमा पुर्याउन र दुवै देशका जनताका आकाङ्क्षाहरू पूरा गर्नका लागि आफू प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्न तत्पर रहेको शुभकामना सन्देशमा जनाउनु भएको छ ।
भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ ।
पोखरा विश्वविद्यालयको नयाँ भवन बन्ने भएको छ । विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोेत परिचालन गरी नयाँ भवन निर्माण हुन लागेको हो ।
नेपाली काँग्रेस र नेकपा (एमाले) ले मुख्यमन्त्री पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुदूरपश्चिम प्रदेश सकारकाका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आग्रह गरेका छन् ।
म्याग्दीको बेनी–दरबाङ सडकखण्ड अन्तर्गत बेनी नगरपालिका(४ र मङ्गला गाउँपालिका(२ को सिमानामा पर्ने फापर खेतको पहिरो । यो पहिरोका कारण पश्चिम म्याग्दीको सिधा यातायात सेवा एक सातादेखि अवरुद्ध भएको छ ।
तनहुँको म्याग्दे गाउँपालिका(२ जामुनेमा रोपाइँ गर्दै किसान । जिल्लाका १४ प्रतिशत भूभागमा रोपाइँ हुन बॉकी रहेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
तनहुँको व्यास नगरपालिका–७ र व्यास नगरपालिका–६ जोड्ने मादी नदीमाथिको झोलुङ्गे पुल । यो पुलले दुवै वडाका बासिन्दालाई आवतजावतमा सहयोग पुर्याएको छ ।
सामुद्री सतहदेखि पाँच हजार चार सय मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गरेर मनाङदेखि मुस्ताङ आउने हालै मर्मत गरिएको पदमार्ग । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को सहयोगमा उपभोक्ता समितिले ७१९ मिटर पदमार्ग मर्मत गरेका छन् ।
उनीहरु अधिकांशको बाल्यकाल पहाडी र हिमाली क्षेत्रमा घाँसदाउरालगायतका दैनिकीमै बित्यो । पहाडका उकाली र ओराली छिचोल्दै अघि बढेका उनीहरुका पाइला कतिबेला दौडिन थाले उनीहरु आफैँले मेसो पाएनन् ।
चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु भएको छ । बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको मृत्यु भएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।
जलवायु परिवर्तन गराउन योगदान दिने हरितगृह ग्यास उत्सर्जनमा नेपालको नगन्य योगदान छ । यसो हुँदाहुँदै पनि यसको परिणतिको जोखिमको ठुलो भार बोक्नु परेको छ । यसको क्षतिपूर्ति विश्वका जलवायु परिवर्तन गराउने प्रमुख अर्थतन्त्रबाट भराउन नेपालले जोडदार रूपमा आवाज उठाउनु पर्छ । मानवीय समाज तथा समग्र अर्थतन्त्रको निर्माणको जग नै प्राकृतिक सम्पदा हुन् । यस धराका यावत् प्राणीको सततः सञ्चालन र जीवन्तताको आधार क्षेत्र नै यो पृथ्वी हो । मानव समुदायले प्राप्त गरेको सबै प्राप्ति, उपलब्धि, प्रतिफल र परिणतिको जननी हामी उभिएको धर्ती नै हो । अहिलेको मानवले जलवायु परिवर्तन, प्रदूषण तथा फोहोरमैला एवं प्रकृति तथा जैविक विविधताको क्षय जस्ता ‘त्रिपक्षीय घातक वातावरणीय सङ्कट’ धनी र गरिबबिचको फैसलामा बढोत्तरी, पिछडिएका तथा सीमान्तकृत समुदायप्रतिको नकारात्मक धारणा, सम्मानित रोजगारीको अभाव, उदाउँदो जुनोटिक रोगको महामारी जस्ता अन्तरसम्बन्धित वातावरणीय, सामाजिक, आर्थिक र स्वास्थ्यसँग सम्बन्धित चुनौतीको सामना गरिरहेको छ । जटिल एवं कठिन समस्याको निराकरणका लागि विश्व समुदायसामु आर्थिक स्रोतको न्यूनता, विश्व साझेदारीता र समन्वयमा कमजोरी, विकसित अर्थतन्त्रबिचमा रहेको अन्त्यहीन द्वन्द्व र चिसोपना जस्ता पक्ष पेचिला देखिन्छन् । वातावरणीय हिसाबले यहाँ हाम्रो ध्यान ‘त्रिपक्षीय घातक वातावरणीय सङ्कट’ प्रति लक्षित र केन्द्रित हुनु पर्छ ।विश्व परिवेशविगत ५० वर्षको अवधिमा प्राकृतिक स्रोतको दोहन कार्य तीन गुणाले वृद्धि भएको छ । न्यून आय भएका मुलुकको सापेक्षतामा सम्पन्न मुलुकले छ गुणा बढी प्राकृतिक सम्पदाको उपभोग गर्छन् भने १० गुणा ज्यादा जलवायु प्रभाव पार्छन् । संसारभरिको निर्माण र पदार्थीय उपयोगका लागि स्रोतको उत्खनन गर्ने कार्य सन् २०६० सम्म ६० प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । (विश्व स्रोत दृष्टिकोण प्रतिवेदन, २०२४) करिब १० लाख प्राणी तथा वनस्तपति लोप हुने जोखिममा छन् । विश्व स्वास्थ्य सङ्गठनले तोकेको वायुको गुणस्तरभन्दा न्यून गुण भएको हावाको श्वासप्रश्वास गर्ने जनसङ्ख्या ९९ प्रतिशत छ । सन् २०५० सम्ममा लगभग एक अर्ब २० करोड मानिस जलवायु परिवर्तनजनित असरका कारण विस्थापित हुने प्रक्षेपण छ । त्यस्तै खडेरीका कारण सन् २०३० सम्ममा करिब ७० करोड मानिस विस्थापित हुने अनुमान छ । हरेक वर्ष सालाखाला एक करोड हेक्टर वनक्षेत्र ९० प्रतिशतजति कृषिको उपयोगका लागि फडानी गरिन्छ । सन् २०३० सम्ममा प्रतिवर्ष ५६० का दरले ठुल्ठुला प्राकृतिक विपत्तिका घटना हुने प्रक्षेपण समेत छ । जैविक विविधताको विनाशबाट मात्र दिगो विकासका ८० प्रतिशत लक्ष्य प्राप्तिमा प्रभाव पार्ने खतरा रहन्छ । सन् २०२५ सम्ममा विश्वव्यापी रूपमा जलवायु परिवर्तनबाट मात्र हुने वातावरणीय विनाशको क्षति आठ ट्रिलियन अमेरिकी डलर हुने प्रक्षेपण छ । यस्तो जलवायु परिवर्तनको असरले सन् २०२५ सम्ममा कुल गार्हस्थ उत्पादनमा करिब तीन प्रतिशतले गिरावट आउने देखिन्छ । यसको अनुपात विपन्न मुलुकका लागि अझ बढी हुने अनुमान छ । (संयुक्त राष्ट्रसङ्घीय वातावरणीय कार्यव्रmमका विभिन्न प्रतिवेदन) जलवायु परिवर्तन हरितगृत ग्यासको कारणले हुने जलवायु परिवर्तन अहिले विश्वव्यापी सबाल र चुनौती बनेको छ । सामान्यतया तापक्रम तथा मौसमी ढाँचामा दीर्घकालीन रूपमा हुने बदलावलाई जलवायु परिवर्तन भनिन्छ । अठारौँ शताब्दीदेखि मानवीय व्रिmयाकलाप नै जलवायु परिवर्तनका मुख्य कारक रहेका छन् । प्रमुखतः कोइला, तेल र ग्यास जस्ता जीवाश्म इन्धनको प्रयोग (जलन) नै जलवायु परिवर्तनका मुख्य कारक हुन् । यस्ता जीवाश्म इन्धनको जलनले वायुमण्डलमा हरितगृत ग्यास पैदा गरी यी ग्यासले पृथ्वीलाई वरिपरि ढाकेर सू्र्यबाट आउने तापलाई पृथ्वीको वायुमण्डलबाट बाहिर जान नदिई पृथ्वीको तापमान बढाउँछन् । यही कारणले नै जलवायुको स्थितिमा फरकपन आउँछ । जलवायु परिवर्तन गराउने अन्य ग्यासबाहेक मुख्य हरितगृत ग्यासमा कार्बनडाइअक्साइड र मिथेन पर्छन् ।यातायातका साधनमा पेट्रोलियम पदार्थको प्रयोग वा तापीय अवस्था सिर्जनाका निमित्त कोइलाको प्रयोग गर्दा हरितगृह ग्यास सिर्जना हुन्छन् । भूमिको सरसफाइ तथा वनजङ्गलको कटानी–फडानीबाट कार्बनडाइअक्साइको निष्कासन हुन्छ । खेतीपातीको व्यवस्थापन, ग्यास र तेल जस्ता व्रिmयाकलापको सञ्चालनबाट वायुमण्डलमा मिथेन ग्यासको उत्पादन हुन्छ । सौर्य विकीकरण पृथ्वीको वायुमण्डल भएर आउँदा यसको तरङ्ग लम्बाइ छोटो हुन्छ, जसलाई सर्ट वेभलेन्थ अल्ट्राभाइलेट वेभ भनिन्छ । पृथ्वीको सहतमा यो विकिरण ठोक्किएपछि उल्लिखित तरङ्ग लङ्ग वेभलेन्थ इन्फ्रारेडमा रूपान्तरित हुन्छ । यो वेभलेन्थलाई हामीले तापको रूपमा अनुभव गर्छौं । यसरी पृथ्वीको सहतमा ठोक्किएको तापयुक्त विकिरण पृथ्वीबाट फेरि फुत्किएर परावर्तन भई वायुमण्डलमा फर्किन्छ । पृथ्वीको वरिपरि वायुमण्डलमा निर्माण भएको हरितगृत ग्यासको पर्दाबाट छिरेर यो परावर्तित सौर्य विकीकरण उम्कन सक्यो भने यसले पृथ्वीलाई तताउँदैन, नउम्किँदा पृथ्वीलाई तताउँछ । मानवजनित कारणले कार्बनडाइअक्साड, मिथेन, नाइट्रस अक्साइड र ह्यालो कार्बन जस्ता हरितगृत ग्यासको व्यापक उत्सर्जनले वायुमण्डलको हरितगृह ग्यासको सघन पर्दाले पृथ्वीमा ठोकिएर परावर्तित भएको तातो वेभलेन्थलाई उम्कन नदिई पृथ्वीलाई तताउँदै लैजान्छ । यही कारणले नै पृथ्वीको जलवायुको अवस्थालाई दीर्घकालीन रूपमा परिवर्तन गराउँछ । सघन प्रकारका खडेरीको अवस्था, समुद्री सहतको वृद्धि, पानीको अभाव, गम्भीर प्रकृतिका आगलागीका घटना, बाढी पहिरोको प्रकोप, ध्रुवीय क्षेत्रमा हिम पग्लन, विनाशकारी आँधीबेहेरी र जैविक विविधताामा ह्रास आदि हुन् ।प्रदूषण र फोहोरमैलाको सङ्कटउपभोगमा निर्भर प्रमुख आर्थिक प्रणालीले उच्च स्तरको प्रदूषण र फोहोर पैदा गर्छ जसले मानव र पारिस्थितिकीय प्रणालीको स्वास्थ्यमा गहिरो प्रभाव पार्छ । प्रदूषित वायु नै विश्वव्यापी रूपमा रोग र असामयिक मृत्युको प्रमुख कारण रहेको तथ्य विभिन्न अध्ययनबाट पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठनको अनुमान अनुसार खराब हावाको गुणस्तरका कारण प्रत्येक वर्ष करिब ७० लाख मानिसको असामयिक मृत्यु हुन्छ भनिएको छ । नेपालमा पनि वार्षिक करिब ४५ हजार मानिसको असमायिक मरण यही दूषित हावाको कारण रहेको अनुमान छ । कारखाना, यातायात र जङ्गलमा लागेको आगोबाट हुने उत्सर्जनका कारण वायु प्रदूषित हुन्छ । खाना पकाउन वा न्यानो कायमका लागि कम हानिकारक प्रविधिमा पहुँच नभएका जनसमुदायले पनि आफ्नो घरमा प्रदूषित हावाको सास फेर्छन् । वायु प्रदूषण र जलवायु परिवर्तन अन्तरसम्बन्धित छ किनकि अधिक उत्सर्जनले पृथ्वीलाई पनि तातो बनाउँछ ।प्लास्टिक र माइव्रmोप्लास्टिकले गर्दा हुने प्रदूषण अर्को विश्वव्यापी चिन्ताको विषय हो किनकि यसले जैविक विविधतालाई प्रत्यक्ष असर गर्छ । यस क्षेत्रमा गरिएको अध्ययनबाट प्लास्टिकले मानिस र अन्य जीवित चिजको स्वास्थ्यलाई असर गरिरहेको छ भन्ने देखाएको छ । प्लास्टिकजन्य प्रदूषण कुहिन हजारौँ वर्षको समय लाग्छ । हामीले गरेका निकासी गतिविधिले हुने प्रदूषण भुल्नै सकिन्न जसले हरितगृह ग्यास उत्सर्जन गर्नुका साथै स्वास्थ्यका लागि विषाक्त हुने रसायन पैदा गरेर स्वच्छ पानीको स्रोत र जमिनको बृहत् भू–भागलाई क्षयीकरण गर्छ । जैविक विविधता विनाशको सङ्कटपृथ्वीमा रहेका प्रजाति, पारिस्थितिकीय प्रणाली तथा वंशानुगत विविधतालाई जैविक विविधता भनिन्छ । बासस्थानको विनाश र क्षयीकरण, अवैध कटानी, चोरी सिकारी, चरम उपभोग, प्रदूषण, मिचाहा प्रजातिको बिगबिगी, भूउपयोगमा परिवर्तन जस्ता कारणबाट जैविक विविधतामा ह्रास आएको छ । वन क्षेत्रमा लाग्ने बर्सेनिको आगलागीबाट पनि जैविक विविधता विनाशमा ठुलो योगदान पु¥याएको छ । पेरिस सम्झौताको हरितगृत ग्यास कटौतीको लक्ष्य प्राप्तिको एक तिहाइ अंश प्रकृतिमा आधारित समाधानमा निर्भर रहन्छ ।नेपालको मार्गचित्र भावी पुस्तालाई हस्तान्तरण गरिने विरासत महìवपूर्ण हुन्छ । यस्तो विरासतको निर्णय गर्दा सबै तह र तप्काका वातावरणीय शासनलाई सुदृढ तुल्याउने गरी निर्णय गर्न आवश्यक देखिन्छ । अर्थतन्त्रको अभिवृद्धि गर्दै असमानताको न्यूनीकरण, लोक कल्याणकारी सुधार तथा वातावरणीय प्रभाव घटाउँदै स्रोतको उपयोगमा कटौती गर्न अझै पनि सम्भव छ भन्ने दृढता यस क्षेत्रमा संलग्न विज्ञहरूकोे छ । जलवायु परिवर्तन, प्रदूषण तथा फोहोरमैला र प्रकृति तथा जैविक विविधता विनाशसम्बन्धी त्रिपक्षीय सङ्कटको निवारण कानुनी प्रबन्ध, समावेशी निर्णय प्रव्रिmया, प्रभावकारी कार्यान्वयनको व्यवस्था तथा सबल अनुगमन तथा मूल्याङ्कन पद्धतिले टेवा र समर्थन गर्ने उच्च नीतिगत प्रबन्धद्वारा मात्र सम्भव छ । यस्तो त्रिपक्षीय सङ्कटको निवारण नेपालको एक्लै प्रयत्नले पनि सम्भव नभएको र चुनौती पनि नेपाल एक्लैले मात्र खडा नगरेकाले नेपाल वातावरणीय क्षेत्रका विश्वव्यापी मञ्चमा तयारीका साथ दृढतापूर्वक प्रस्तुत हुन आवश्यक छ । जलवायु परिवर्तन गराउन योगदान दिने हरितगृह ग्यास उत्सर्जनमा नेपालको नगन्य योगदान छ । यसो हुँदाहुँदै पनि यसको परिणतिको जोखिमको ठुलो भार बोक्नु परेको छ । यसको क्षतिपूर्ति विश्वका जलवायु परिवर्तन गराउने प्रमुख अर्थतन्त्रबाट भराउन नेपालले जोडदार रूपमा आवाज उठाउनु पर्छ । वातावरणीय विनाश खास गरी जलवायु परिवर्तनले सिर्जना गरेको जोखिमको गाम्भीर्यता र सघनताका आधार विश्वस्तरीय स्थापित जलवायु हरित कोष तथा क्षतिपूर्ति एवं हानिनोक्सानी कोषको रकम नेपाल जस्ता मुलुकको जलवायुजन्य हानि नोक्सानीको जोखिम र मात्राको अनुपात अनुसार नै उपलब्ध गराउने सरल प्रणाली र प्रव्रिmयाका लागि नेपालले नेतृत्व लिनु पर्छ । उल्लिखित समस्या समाधानमा नीतिगत प्रबन्ध, कानुनी व्यवस्था र संयन्त्र, योजनागत व्रिmयाकलापको प्रभावकारी कार्यान्वयन तथा अनुगमन, मूल्याङ्कन एवं पृष्ठपोषणको अतिरिक्त व्यक्ति व्यक्तिको वातावरणीय चेतना, व्यवहार र कार्य शैलीको ठुलो महìव छ । आमजनसमुदायको सोचाइ, चिन्तन र चिन्तामा अब वातावरणीय मुद्दाले झक्झाउनै पर्छ । स्थानीय व्यक्ति, परिवार, समुदायदेखि आमसञ्चार जगत्, विद्वत् वर्ग, प्राज्ञिक समुदाय, खोज अनुसन्धानकर्ता, पैरवी समुदाय, अभिनेता तथा नेतासम्मलाई वातावरणीय संरक्षण, संवर्धन र व्यवस्थापनका निमित्त एकै थलोमा ल्याउने गरी सरकारले कार्यव्रmमको तर्जुमा र कार्यान्वयन गर्नु पर्छ ।
बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् ।
टिउकी विकलाई आकाशबाट पानी पर्नेबित्तिकै चिन्ताले पिरोलिरहन्छ । अनाइखोलासँगै जोडिएको उहाँको गाउँमा खोला पस्ने डरले दिनरात जाग्राम बस्नुपर्ने बाध्यता छ । रातको त कुरै नगरौँ, दिनदहाडै खोला गाउँमा पस्ने डरका कारण बेलुका ७ बजेतिर खाना खाएपछि त्यही खोलाको चिन्तामा रात बिताउने गरेको विकले सुनाउनुभयो ।
जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिराले क्षति भएको छ । गए राति वर्षासँगै खसेको पहिराले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो ।