• १३ साउन २०८१, आइतबार

चितुवाको आक्रमणबाट बालकको मृत्यु

blog

अमरराज नहर्की

तनहुँ, साउन ४ गते । चितुवाको आक्रमणबाट तनहुँमा एक बालकको मृत्यु भएको छ । बन्दीपुर–४ सालथान निवासी जीतबहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको मृत्यु भएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

 बिहीबार साँझ ८ बजे गाईगोठबाट घर जाने क्रममा नरभक्षी चितुवाले आक्रमण गरेको र बालकको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । थापाका अनुसार चितुवाले बालकलाई आक्रमण गरेर पछि परिवार तथा छिमेकी चिच्याउँदै निस्किएपछि चितुवा भागेको थियो ।

 चितुवाको आक्रमणबाट घाइते अछामीको बन्दीपुर बजारस्थित बन्दिपुर अस्पतालमा उपचारको क्रममा बिहीबार राती मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको  बालकाको शवलाई पोस्टमार्टमको लागि दमौली अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।