• २ साउन २०८१, बुधबार

तीन नाल भरुवा बन्दुक बरामद

blog

बरामद गरिएका भरुवा बन्दुक। तस्बिर सौजन्य : जिप्रका रुकुमपश्चिम

राजु लामिछाने

रुकुमपश्चिम, साउन २ गते। रुकुमपश्चिममा तीन नाल बेवारिसे भरुवा बन्दुक बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले बाँफिकोट गाउँपालिका वडा नम्बर १ तासुकाँडाबाट बेवारिसे अवस्थामा रहेका तीन थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ। 

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार गादापार्ने सामुदायिक वन भित्र रहेको ओढारमा लुकाई राखेको अवस्थामा बन्दुक बरामद गरिएको हो। ओढारमा हतियार लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी पिपलबाट खटिएको प्रहरी टोलीले हतियार बरामद गरेको हो। 

बेवारिसे अवस्थामा फेला पारेका भरुवा बन्दुक रित पूर्वक बरामद गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो। हतियार कसले र किन ओढारमा लुकाएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ रहेको छ।