बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गर्नुभएको छ ।
१. सामाजिक न्याय भन्नाले के बुझिन्छ ? सामाजिक न्यायका सम्बन्धमा प्रचलित दृष्टिकोणहरू चर्चा गर्नुहोस् । समाजका सबै वर्ग, क्षेत्र र समुदायका मानिसले राज्यमा उपलब्ध स्रोतसाधन, अधिकार, अवसर र लाभको बाँडफाँट तथा सोको उपभोगमा न्याय अनुभूति गरेको अवस्था नै सामाजिक न्याय हो । यस अवधारणाले समाजका हरेक क्षेत्रमा न्यायपूर्ण अवस्था सिर्जना गर्ने कुरामा जोड दिन्छ । समानबिच समान व्यवहार र असमानबिच असमान व्यवहार गरी समाजका सबै वर्ग, क्षेत्र र समुदायको समविकास र समउत्थानमा जोड दिन्छ । समाजका प्रत्येक सदस्यबिच समान व्यवहार, सद्भाव, सम्मान र मर्यादा कायम गरी न्यायपूर्ण समाजको निर्माण गर्न सामाजिक न्यायको महìव रहन्छ । सामाजिक न्यायका प्रचलित दृष्टिकोणहरू ःक) समानतामा आधारित न्याय÷वितरणात्मक न्यायः राज्यमा उपलब्ध स्रोतसाधन, अधिकार, अवसर र लाभको समान रूपमा वितरण गरी प्रत्येक सदस्यलाई आफू विभेदमा नपरेको अनुभूति दिलाउनु नै वितरणात्मक न्याय हो ।ख) समतामा आधारित न्याय÷पुनः वितरणात्मक न्याय ः असमान अवस्थामा रहेकाबिच असमान व्यवहार गरी स्रोतसाधन, अधिकार, अवसर र लाभमा पहुँच दिलाउँदै न्यायको अनुभूति गराउनु नै पुनः वितरणात्मक न्याय हो । प्रगतिशील कर, नगद हस्तान्तरण, कर छुट तथा सहुलियत जस्ता माध्यमबाट पुनः वितरणात्मक न्याय प्रदान गर्न सकिन्छ ।ग) उपचारात्मक न्याय ः कुनै व्यक्ति वा समूहबाट भएको गल्ती वा हानि बापतपीडित पक्षलाई क्षतिपूर्ति भराई न्याय दिलाउने अवधारणा उपचारात्मक न्याय हो । विगत लामो समयदेखि विभेद र उत्पीडनमा परेको समुदायका लागि वर्तमानमा क्षतिपूर्ति स्वरूप आरक्षण वा विशेष अवसर प्रदान गर्दा उपचारात्मक न्याय हासिल हुन सक्छ ।घ) संरक्षणात्मक न्याय ः अशक्त, असहाय, सीमान्तकृत, लोपोन्मुख वा पिछडिएको वर्ग, क्षेत्र र समुदायका लागि विशेष संरक्षणका नीति तथा कार्यव्रmमबाट उत्थान र मूलप्रवाहीकरण गरी न्याय प्रदान गर्ने अवधारणा संरक्षणात्मक न्याय हो । लक्षित वर्ग केन्द्रित कार्यव्रmम, आरक्षण, सकारात्मक विभेद नीति जस्ता उपायबाट संरक्षणात्मक न्याय प्रदान गर्न सकिन्छ ।ङ) पुनस्थार्पित न्याय ः विकृत शासकीय अभ्यास, विभेदकारी सामाजिक संरचना, द्वन्द, हिंसा, प्राकृतिक प्रकोपलगायतका कारणबाट अन्यायमा परेका वर्ग, क्षेत्र र समुदायलाई विशेष नीति तथा कार्यव्रmमबाट समाजमा पुनस्र्थापना गरी न्याय प्रदान गर्ने अवधारणा नै पुनस्र्थापित न्याय हो । सामाजिक विकृति र कुप्रथाको अन्त्य गरी सबैलाई न्याय प्रदान गर्ने कार्य पुनस्थार्पित न्यायको उदाहरण हो । कमैया मुक्त, दास प्रथा अन्त्य, हलिया मुक्ति तथा सम्बद्ध समुदायको पुनस्र्थापनाका लागि कार्यव्रmम लागु गरेर ती समुदायलाई न्याय प्रदान गर्न सकिन्छ । – अन्त्यमा, नेपाली समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिकलगायतका विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरेर मात्र सामाजिक न्याय हासिल गर्ने दिशामा अगाडि बढ्न सकिन्छ । यसका लागि सरकार, संसद्, न्यायालय, संवैधानिक निकाय, निजी क्षेत्र, दातृ निकाय, नागरिक समाजलगायत समाज रूपान्तरणमा व्रिmयाशील सबै पात्रको सकारात्मक पहलकदमी आवश्यक पर्छ ।२. नेपाल सरकारको बजेट कार्यान्वयन सम्बन्धमा प्रचलित कानुनमा रहेको व्यवस्था जानकारी गराउँदै बजेट कार्यान्वयनका सन्दर्भमा कार्यसम्पादन करारलाई कानुनी रूपमा के कसरी व्यवस्थित गरिएको छ ? प्रचलित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीका आधारमा प्रस्ट पार्नुहोस् । बजेटले लिएका उद्देश्यहरू हासिल गर्न स्रोतसाधन परिचालन गर्ने र वार्षिक योजना तथा कार्यव्रmम कार्यान्वयन गर्ने प्रव्रिmया नै बजेट कार्यान्वयन हो । व्यापक अर्थमा बजेट कार्यान्वयन भन्नाले प्रक्षेपण गरिएबमोजिम आय सङ्कलन, आन्तरिक तथा बाह्य ऋण परिचालन र अपेक्षा गरे अनुसार खर्च गर्ने कार्यलाई जनाउँछ । तथापि बजेट कार्यान्वयनलाई बजेट खर्चको प्रगतिसँग जोडेर बुझ्ने गरिएको पाइन्छ । बजेट कार्यान्वयका सम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीले देहायबमोजिम निर्देशित गरेको पाइन्छ । बजेट कार्यान्वयनसम्बन्धी कानुनी व्यवस्था ः– आफ्नो कार्यालय तथा मातहतको कार्यालयका लागि स्वीकृत बजेट लक्ष्य अनुरूप खर्च नभएमा त्यसको जिम्मेवारी लेखा उत्तरदायी अधिकृतको हुने,– स्वीकृत बजेट तथा कार्यव्रmमको अधीनमा रही बजेट कार्यान्वयन गर्ने कर्तव्य र जिम्मेवारी सम्बन्धित लेखा उत्तरदायी अधिकृत र माहतहका जिम्मेवार व्यक्तिको हुने,– सम्बन्धित कार्यालयको नाममा विनियोजन भएको रकम प्रचलित कानुनबमोजिम निकासा प्राप्त गर्ने, लेखा राख्ने, प्रतिवेदन गर्ने, लेखापरीक्षण गर्ने, बेरुजु फस्र्योट गर्ने गराउने जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखको हुने,– लेखा उत्तरदायी अधिकृत र मातहतका जिम्मेवार व्यक्तिले अर्थ मन्त्रालय वा तालुक कार्यालयको निर्देशनबमोजिम बजेट कार्यान्वयन कार्ययोजना तयार गरी कार्यान्वयन गर्नु गराउनुपर्ने,– बजेट कार्यान्वयन कार्ययोजनामा वार्षिक खरिद योजना, मासिक नगद प्रवाह विवरण, उपलब्धि मापन सूचक र कार्यान्वयनको समयतालिका समेत समावेश गर्नुपर्ने,– बजेट कार्यान्वयनका लागि विभागीय प्रमुख वा जिम्मेवार व्यक्तिले सचिवसँग र कार्यालय प्रमुख वा जिम्मेवार व्यक्तिले विभागीय प्रमुखसँग प्रतिफल सूचकसहितको कार्यसम्पादन करार गर्नुपर्ने,– कार्यसम्पादनमा उत्कृष्ट नतिजा हासिल गर्ने पदाधिकारी वा जिम्मेवार व्यक्तिलाई पुरस्कृत गर्न सकिने । बजेट कार्यान्वयनमा कार्यसम्पादन करारसम्बन्धी व्यवस्था ः क) आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ ले बजेट तथा कार्यव्रmम कार्यान्वयनका लागि विभागीय प्रमुख वा जिम्मेवार व्यक्तिले सचिवसँग र कार्यालय प्रमुख वा जिम्मेवार व्यक्तिले विभागीय प्रमुखसँग आवश्यक प्रतिफल सूचकसहित कार्यसम्पादन करार गर्नुपर्ने व्यवस्था गरेको छ ।ख) आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ ले उल्लेख गरे अनुसार कार्यसम्पादन करारमा खुलाउनुपर्ने विषय, पुरस्कृत गर्ने मापदण्ड र मूल्याङ्कन ढाँचा यस प्रकार छन् ः– कार्यालयको उद्देश्य,– उद्देश्य प्राप्तिका लागि सम्पादन गर्नुपर्ने कार्य तथा कार्यालयबाट प्रदान गरिने सेवा,– स्वीकृत बजेट तथा कार्यव्रmम र सो अनुसार गरिने व्रिmयाकलाप,– हासिल गर्नुपर्ने उपलब्धि, प्रत्येक उपलब्धिको अङ्कभार र उपलब्धि अनुसारको प्राप्त अङ्क,– कार्यसम्पादनको समय सीमा निर्धारण,– सम्पादिक कामको गुणस्तर तथा अनुगमन सूचक,– कार्यसम्पादन प्रतिवेदन,– कार्यसम्पादन करारबमोजिमको बजेट कार्यान्वयन कार्ययोजना निर्माण र कार्यान्वयन,– कार्यसम्पादन करार कार्यान्वयन अवस्था मूल्याङ्कनको ढाँचा निर्माण गरिने जसमा ८० प्रतिशत वा सोभन्दा माथि अङ्क हासिल गर्नेलाई उत्कृष्ट, ६५ प्रतिशत वा सोभन्दा बढी ८० प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्नेलाई सन्तोषजनक, ५० प्रतिशत वा सोभन्दा बढी ६५ प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्नेलाई सामान्य र ५० प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्नेलाई कमजोर कार्यसम्पादन गरेको मानी मूल्याङ्कन हुने, – उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय प्रमुख तथा निज मातहतका कर्मचारीलाई एकमुष्ट वार्षिक पच्चिस हजारसम्मको रकम पुरस्कार स्वरूप उपलब्ध गराउने,– मनासिब कारण बेगर ५० प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्ने कार्यालय वा आयोजना प्रमुखलाई कार्यसम्पादन करारको सर्तबमोजिम विभागीय कारबाही गर्न सकिने । – अन्त्यमा, बजेट कार्यान्वयनलाई नतिजामूलक बनाउन तथा कार्यान्वयनमा संलग्न पदाधिकारीको जवाफदेहिता र जिम्मेवारी सुनिश्चित गर्न कार्यसम्पादन करारको महìव उच्च छ । कार्यसम्पादन करारलाई प्रभावकारी बनाएर समयमै बजेट कार्यान्वयन एवं पुँजीगत खर्च गरी अर्थतन्त्रलाई गतिशील बनाउनु आजको आवश्यकता हो । ३. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम गाउँपालिका र नगरपालिकामा रहेका वडाहरूको सिमाना हेरफेर कसले गर्न सक्छ ? सिमाना हेरफेर गर्दा अवलम्बन गर्नुपर्ने आधारहरू के के हुन् ? उल्लेख गर्नुहोस् । वडाहरू गाउँपालिका र नगरपालिका मातहत रहेका प्रशासनिक एकाइ हुन् । यी एकाइहरू मूलतः सेवा प्रवाहका लागि गठन गरिएका हुन् । राज्य पुनर्संरचनाको व्रmममा साबिकका गाउँ विकास समिति र नगरपालिका आपसमा मिलाई गाउँपालिका र नगरपालिका कायम गरिएको र अधिकांश स्थानमा साबिकका गाउँ विकास समितिलाई नै सिङ्गो वडाको रूपमा कायम गरिएको पाइन्छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका र नगरपालिका अन्तर्गत रहने वडाको सङ्ख्या र सिमाना हेरफेर गर्न सकिन्छ । वडाको सिमाना हेरफेरसम्बन्धी व्यवस्थाहरू यस प्रकार छन् ः– नेपाल सरकारले आवश्यकता अनुसार वडाको सिमाना हेरफेर गर्न सक्ने,– सिमाना हेरफेर गर्न आवश्यक भएमा गाउँ तथा नगर सभाको तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट पारित गरी प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनुपर्ने,– प्रस्ताव प्राप्त भएको छ महिनाभित्रमा नेपाल सरकारले वडा सिमाना हेरफेरको काम गर्नु पर्छ,– वडा सिमाना हेरफेर गर्दा गाउँपालिका र नगरपालिकाको निर्वाचन हुनुभन्दा कम्तीमा एक वर्षअगावै गरी सक्नु पर्छ,– नेपाल सरकारले गाउँपालिका वा नगरपालिकाको कुनै वडालाई सिमाना जोडिएको अर्को गाउँपालिका वा नगरपालिकामा समावेश गर्न सक्छ,– एक पालिकाबाट छिमेकी पालिकामा वडा समावेश गर्दा त्यस्तो वडा रहेको र समावेश हुन लागेको पालिकाको सभाको तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउनु पर्छ । सिमाना हेरफेरका आधारहरू ः– वडाको केन्द्र निर्धारण गर्दा तथा वडाको सङ्ख्या र सिमाना हेरफेर गर्दा देहायका आधार लिनु पर्छ । – जनसङ्ख्या तथा जनसङ्ख्या वितरणको अवस्था,– भौगोलिक निरन्तरता, अनुकूलता तथा विशिष्टता,– भाषिक, सांस्कृतिक तथा सामाजिक विशिष्टता,– सेवा सुविधा वितरणको अवस्था र सुगमता,– विद्यमान भौतिक पूर्वाधार । – यसरी, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको दुई तिहाइ बहुमतबाट पारित प्रस्ताव सम्बन्धित प्रदेशमार्फत नेपाल सरकारमा पेस भएपश्चात् नेपाल सरकारले वडाको सिमाना हेरफेर गर्न आवश्यक निर्णय लिन सक्छ ।४. नेपालको सङ्घीय व्यवस्थामा तीन तहबिचको समन्वय र अन्तरसम्बन्ध कायम गर्न राष्ट्रिय समन्वय परिषद्को भूमिका उल्लेख गर्नुहोस् । तहगत सरकारबिच भिन्न भिन्न जिम्मेवारी बाँडफाँट गरी एउटै भूगोल र जनसङ्ख्यालाई शासन गर्ने व्यवस्था सङ्घीय व्यवस्था हो । नेपालको संविधानले तहगत सरकारबिच अन्तरसम्बन्ध कायम गरी सङ्घीयताको उद्देश्य हासिल गर्न सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित सङ्घीय व्यवस्थाको परिकल्पना गरेको छ । तहगत सरकारबिच समन्वय गर्न सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ मा राष्ट्रिय समन्वय परिषद् नामको एक उच्चस्तरीय परिषद्को व्यवस्था गरिएको छ । यस परिषद्ले तहगत सरकारका नीति, कानुन, योजना तथा सेवा प्रवाहका सम्बन्धमा अन्तरसम्बन्ध कायम गर्न निर्वाह गर्न सक्ने भूमिका देहाय अनुसार रहेको छ ।– साझा अधिकारका विषयमा कानुन तथा नीति तर्जुमाका लागि सङ्घ, प्रदेश र स्थानीय तहबिच समन्वय गर्ने, – प्रदेश तथा स्थानीयस्तरमा कार्यान्वयन हुने राष्ट्रिय हित तथा स्वार्थसँग जोडिएका विषयमा समन्वय गर्ने,– राष्ट्रिय योजना, नीति तथा कानुनहरूको प्रदेश तथा स्थानीय तहमा कार्यान्वयनका सम्बन्धमा रहेका जटिलता समाधान गर्न समन्वय गर्ने,– अन्तरप्रदेश तथा स्थानीय तहलाई प्रभाव पार्ने कानुन, नीति तथा रणनीतिको तर्जुमा सम्बन्धमा समन्वय गर्ने,– अन्तरप्रदेशस्तरमा सञ्चालित विकासका ठुला आयोजनाको कार्यान्वयनको सम्बन्धमा समन्वय गर्ने,– सङ्घीयता कार्यान्वयनका सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय तहबाट बनेका नीति, कानुन तथा योजनाको समीक्षा तथा विश्लेषण गर्ने, गराउने,– सेवा प्रवाहको विषयमा सामञ्जस्यता कायम गर्न आवश्यक कार्य गर्ने, – कानुन निर्माण तथा कार्यान्वयनको विषयमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारलाई सुझाव दिने, – उच्चस्तरको छलफलका लागि पेस भएका विषयमा आवश्यकता अनुसार छलफल र समन्वय गर्ने,– सङ्घीय व्यवस्थाको सफलताका लागि तहगत सरकारबिचको अन्तरसम्बन्ध सुमधुर हुन आवश्यक छ । यसका लागि राष्ट्रिय समन्वय परिषद् जस्ता समन्वयकारी निकायको सव्रिmयताको आवश्यकता महसुस गरिएको छ ।५. मध्यमकालीन खर्च संरचना भनेको के हो ? स्थानीय तहको मध्यमकालीन खर्च संरचना निर्माणका चरणहरू उल्लेख गर्नुहोस् । सीमित स्रोतसाधनलाई प्राथमिकता प्राप्त क्षेत्रमा विनियोजन गरी वाञ्छित नतिजा हासिल गर्ने उद्देश्यसहित प्रयोगमा ल्याइएको सार्वजनिक वित्त व्यवस्थापनको औजार नै मध्यमकालीन खर्च संरचना हो । यसमा मध्यमकालीन वित्त खाका, खर्च खाका, र नतिजा खाका समावेश गरिन्छ । यसले आवधिक योजनाका लक्ष्यहरू प्राप्त गर्न उपलब्ध स्रोतसाधनलाई दक्षतापूर्वक विनियोजन गर्ने आधार तयार गर्दै योजनाका लक्ष्य प्राप्त गर्ने दिशामा वार्षिक बजेट तथा कार्यव्रmमलाई निर्देशित गर्छ । स्थानीय तहको मध्यमकालीन खर्च संरचना तर्जुमाका प्रव्रिmयागत चरणहरू ः– चालु आवधिक योजना र वार्षिक विकास कार्यव्रmमको समीक्षा,– त्रिवर्षीय खर्चको प्रक्षेपणसहित बजेट आकार र स्रोत आकलन,– बजेट सीमा निर्धारण तथा बाँडफाँट,– बजेट सीमा र मार्गदर्शन स्वीकृति तथा सम्प्रेषण,– विषय क्षेत्रगत मध्यमकालीन खर्च संरचनाको प्रारम्भिक मसौदा तयारी,– विषयगत योजना तर्जुमा समितिहरूमा मध्यमकालीन खर्च संरचनाको मसौदा माथि छलफल,– मध्यमकालीन खर्च संरचनाको अन्तिम मसौदा तयारी,– मध्यमकालीन खर्च संरचनाको स्वीकृति ।– यसरी माथि उल्लेखित प्रव्रिmया अवलम्बन गरी मध्यमकालीन खर्च संरचना तयार गरिन्छ । सालबसाली रूपमा तयार गरिने यस दस्ताबेजलाई वार्षिक बजेटसँगै सभाबाट स्वीकृत गरेपश्चात् वैधानिकता प्राप्त गर्छ ।प्रस्तुतकर्ता : अर्जुन शर्मा
१. नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य केपी शर्मा ओली चौँथो पटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ? विसं २०८१ असार ३०– राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो । – राष्ट्रपति पौडेलले सङ्घीय संसद्बाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएको पत्र असार २८ मा राष्ट्रपति कार्यालयमा प्राप्त भएपश्चात् उहाँले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो । – प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएका एमाले अध्यक्ष ओली कांग्रेस र एमालेबिच असार १७ गते भएको सहमति अनुसार चौँथो कार्यकालका लागि प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो । – उहाँले २०८१ असार ३१ मा प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।२. धनकुटा र ओखलढुङ्गा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित कहिले भएका हुन् ? विसं २०८१ असार २५३. द मिसेस नेसनल २०२४ को उपाधि कसले जितिन् ? सुजाता सुब्बा (इलाम)– उनले प्रतियोगितामा वेस्ट फिगरको उपाधि पनि चुमेकी छन् । – प्रतियोगितामा मञ्जु आचार्य मस्ट इनरजेटिकसहित फस्ट रनर्सअप तथा मञ्जिल रञ्जितकार मस्ट पपुलर र मस्ट इन्टेलिजेन्ट उपाधिसहित सेकेन्ड रनर्सअप घोषित भएका छन् । ४. नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिलेदेखि भएको हो ? विसं २०६९ माघ५. सम्राट अशोकले निर्माण गरेको लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका हुन् ? डा. फुहरर ६. लामिन यमाल (स्पेन) कुन खेलसँग सम्बन्धित छन् ? फुटबल७. भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ? धर्म कचहरी ८. नेपालमा धामी झाव्रmीले गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ? ढ्याङ्ग्रो ९. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महाकवि देवकोटा पुरस्कार–२०८० कसलाई प्रदान ग¥यो ? श्रीहरि फुयाँल (कविता), रोशन थापा ‘नीरव’ (निबन्ध), अविनाश श्रेष्ठ (गद्याख्यान÷नाटक), प्रमोद प्रधान (बालसाहित्य÷लोकसाहित्य) र गोविन्दराज विनोदी (भाषा साहित्य)– गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार ः स्वप्निल स्मृति र सुनील पोखरेल– बिपी पुरस्कार ः किशोरकुमार अधिकारी (राजनीति), होमनाथ दाहाल, प्राडा हरिप्रसाद पराजुली र प्राडा योगेन्द्रप्रसाद यादव– इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार ः इतिहासकार प्राडा जगदीशचन्द्र रेग्मी– योगमाया पुरस्कार ः प्राडा गोविन्दमान सिंह कार्की– आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार ः नारायण शर्मा– युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार ः डा. फडिन्द्रराज निरौला– सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार ः छत्रबहादुर कायस्थ– पुष्पलाल राष्ट्रिय पुरस्कार ः सिद्धिलाल सिंह (राजनीति), चतुर्भुज आत्रेय (साहित्य, संस्कृति र विज्ञान) र डा. विश्वनाथ सिंह (इतिहास)– भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार ः राजु परियार (सिप, कला, साहित्य र संस्कृति), आनन्दस्वरूप बर्मा (मानव अधिकार) र मञ्जुल (मेघराज नेपाल) र झविन्द्रबहादुर जिसी (समाजसुधार, संयुक्त रूपमा)– मन्त्रालयले भाषा एवं साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार गण्डकीका वसन्तबहादुर बराकोटीलाई प्रदान ग¥यो । संस्कृतितर्फ केदारप्रसाद पाठक (नुवाकोट), ललितकलामा सन्तकुमार शाक्य (ललितपुर) र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय पुरस्कार माइला लामा (काठमाडौँ) लाई प्रदान गरियो । – प्रादेशिक प्रतिभा पुरस्कारतर्फ चार विधामा २८ जनालाई पुरस्कार प्रदान गरियो । १०. लेप्चा भाषाको लिपिलाई रोङ भनिन्छ भने तामाङ भाषाको लिपिलाई के भनिन्छ ? तमहिग११. भलिबलको आविष्कार गर्ने व्यक्ति को हुन् ? विलियम जर्ज मोर्गन (सन् १८९५)– (अमेरिकाको म्यासाच्युसेट्सका मोर्गनले सन् १८९५ अप्रिल १८ मा भलिबल आविष्कार गरेका हुन् ।)१२. प्राथमिक रङ्ग भन्नाले कुन कुन रङलाई बुझिन्छ ? रातो, निलो र हरियो १३. कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ? किलिमञ्जरो– अफ्रिकी महादेशको तान्जानियामा अवस्थित यो हिमाल त्यहाँको आकर्षक पर्यटकीय गन्तव्य पनि हो ।– यो अफ्रिकाको सबैभन्दा अग्लो हिमालका रूपमा रहेको छ ।– यो हिमाल आरोहण गर्दा विशेष तयारी र हिमाल चढ्दा चाहिने विशेष उपकरणहरू आवश्यक नपर्ने तर उचाइका कारण हुने ‘अल्टिच्युड सिकनेस’ भने लाग्न सक्ने हुन्छ ।१४. निपा भाइरस पहिलो पटक कहिले र कहाँ फेला परेको हो ? सन् १९९९, मलेसिया– निपा भाइरस पहिलो पटक सन् १९९९ मा मलेसियामा फेला परेको । सन् २००१ देखि भारत र बङ्गलादेशका विभिन्न ठाउँमा यो सङ्व्रmमण बेला बेला देखिँदै आएको । सन् २०१८ अप्रिल÷मे मा भारतको केरलामा फैलिएको सङ्व्रmमणमा एक नर्ससहित १४ जनाको ज्यान गएको ।– यो भाइरसको सङ्व्रmमण भएको ५–१० दिनमा मानिसमा ज्वरो आउने, रिँगटा लाग्ने, बान्ता हुने, घाँटी दुख्ने हुन्छ, र सोपश्चात् रिँगटा लाग्ने, स्मरण शक्ति हराउने, श्वासप्रश्वासमा समस्या एवं मस्तिष्क सुनिने जस्ता समस्या देखा पर्छन् ।– निपा भाइरस फैलाउने जातको चमेरा नेपालमा पनि पाइने साथै भारतबाट सुँगुरहरू आयात हुने हुँदा नेपालमा पनि यस रोगको सङ्व्रmमणको जोखिम उच्च रहेको ।१५. अस्वीकार्य व्यक्ति भन्नाले के बुझिन्छ ? कूटनीतिक शिष्टाचार अन्तर्गत विशेष सुविधा प्रदान गरिएकोमा त्यस्तो सुविधाको दुरुपयोग गर्ने एवं कूटनीतिक मर्यादाको उल्लङ्घन गर्ने व्यक्तिलाई होस्ट कन्ट्रीद्वारा अस्वीकार भनी घोषणा गरिएको व्यक्ति– अस्वीकार भएको व्यक्तिले निर्धारित समयमा त्यस्तो मुलुक छोड्नु पर्छ ।१६. ‘ए हाउस फर मिस्टर विश्वास’ र ‘इन अ फ्री स्टेट’ नामक कृतिका सर्जक को हुन् ? भिएस नायपाल– उत्तर औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रूपमा परिचित नायपाल (सर विद्याधर सुरजप्रसाद नायपाल) ले सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेका हुन् ।– सन् १९३२ मा ट्रिनिडाडमा जन्मेका नायपालले नोबेल पुरस्कार ग्रहणका व्रmममा दिएको मन्तव्यमा आफ्ना पुर्खा नेपालबाट आएको हुन सक्ने वताएका छन् । १७. नेपालका चार धाम भन्नाले कुन कुन धार्मिक क्षेत्रलाई बुझाउँछ ? बराह क्षेत्र, मुक्ति क्षेत्र, रुरु क्षेत्र र हरिहर क्षेत्र १८. नेपालमा भारोपेली परिवार अन्तर्गतका भाषामध्ये सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ? नेपाली १९. विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ कहाँ रहेको छ ? जुम्ला– गुरु चन्दननाथ बाबाले भारतको काश्मिरबाट मार्सी धानको बिउ ल्याई यस स्थानमा रोप्न लगाएको भनाइ रहेको छ ।– कर्णालीको स्थानीय धानका रूपमा रहेको मार्सी धानलाई जुम्ली मार्सी पनि भनिन्छ ।– उच्च पहाडमा मात्र उत्पादन हुने मार्सी धानमा अधिक चिसो सहने क्षमता रहेको छ ।– प्रोटिन र फाइबरलगायतका तìव बढी पाइने मार्सी चामल पोषिलो एवं स्वास्थ्यबर्धक रहेको छ ।२०. “यदि तपाईं बदमास मान्छेको कुरा सुन्नुहुन्छ भने यहीँबाट बदमासी सुरु भइसक्यो भन्ने सम्झनुहोस् ।” भन्ने विचारक को हुन् ? कन्फ्युसियस २१. नेपालमा व्यावसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन् ? जयस्थिति मल्ल२२. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ? दोलखा– सुन्द्रावती सेतीदेवी मन्दिर आसपास रहेको पहराको एउटै ढुङ्गामा सात वटा अद्भूत र आकर्षक कुण्ड रहेका छन् । – सुन्द्रावती सेतीदेवी कुण्डमा एकादशी, रामनवमी, फागु पूर्णिमा जस्ता पर्वमा ठुलो मेला लाग्ने गरेको छ । २३. काठको प्रयोग गरी विभिन्न मूर्ति, भाँडा एवम् झ्यालढोका, टुँडाल, फर्निचर आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ? काष्ठकला२४. ‘समरजङ्ग कम्पनी’ स्थापना गर्ने राजा को हुन् ? रणबहादुर शाह– राणा कालमा यसलाई चप्रासीहरूको कम्पनी भनेर चिनिन्थ्यो ।– भीमसेन थापाले यो कम्पनीलाई जेल र अन्य सार्वजनिक महìवका कार्यालयहरूको सुरक्षाका लागि खटाएका थिए । – चन्द्रशमशेरले यसलाई सडक र राणाहरूको दरबार निर्माण गर्ने काममा लगाएका थिए । २५. ‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ? विसं २०७४ साउन १२– युएनडीपीको सहयोगमा बनाइएको यो एपमार्फत संसदीय गतिविधि अर्थात् संसदको बैठक प्रत्यक्षरूपमा हेर्न र सुन्न सकिन्छ ।२६. इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ? सन् १९६७ सेप्टेम्बर २७प्रस्तुतकर्ता : टङ्क केसी
विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमार्फत दोस्रो ठुलो दलको हैसियतमा स्थापित नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सोमबार राष्ट्रिपतिसमक्ष मुलुकको प्रधानमन्त्रीको रूपमा शपथ दिनुभएको छ । तेस्रो ठुलो दलको मान्यता प्राप्त नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँचौँ पटक प्रतिनिधि सभामा राख्नुभएको विश्वासको मतको प्रस्तावमा बहुमत नपुगेपछि उहाँले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिनुभएको हो । सबैभन्दा ठुलो सत्ता साझेदार दलले समर्थन फिर्ता लिइसकेपछि स्वतः अल्पमतमा पर्नुभएका प्रचण्डले विश्वासको मत लिन आवश्यक नहुँदा नहुँदै पनि अन्तिम घडीसम्म पनि सरकारमा रहने प्रयासस्वरूप विश्वासको मतको प्रस्ताव राख्नुभएको थियो । प्रतिनिधि सभामा ३२ सिट प्राप्त गरेर तेस्रो दलको हैसियतमा हुँदा पनि प्रचण्ड पहिलो र दोस्रो दलसँग आलोपालो गठबन्धन गरेर १८ महिना सरकार चलाउन सफल हुनुभयो । त्यसो त संसदीय प्रणालीमा सरकार गठन र पुनर्गठन राजनीतिक प्रव्रिmयाको नयाँ ‘कोर्स’ मात्र हो । संसद्मा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा गठबन्धन टुट्नु र जुट्नुलाई प्रजातान्त्रिक अभ्यासकै रूपमा लिइन्छ । मुलुकको विकास र समृद्धिका साथै सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या समाधानमा राष्ट्रिय एकता कायम गर्नेतर्फको पहलका रूपमा नेपाली कांग्रेस र एमालेबिचको समीकरणलाई हेरिएको छ । दुई साना दल जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको समेत साथ रहेको छ । प्रधानमन्त्रीको शपथ ग्रहणसँगै मन्त्रीपरिषद्ले एकै पटकमा पूर्णता पाउनुलाई राजनीतिक वृत्तमा सकारात्मक रूपमा लिइएको छ । चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनुभएका ओली यसअघि विसं २०७२ असोज २५ गते प्रथम पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यस्तै, दोस्रो पटक २०७४ फागुन ३ गते र तेस्रो २०७८ वैशाख ३० छोटो समयका लागि प्रधानमन्त्री हुनुभएको हो । दुई ठुला दलबिचको समीकरणले यसअघिका कार्यकालभन्दा भिन्न अर्थ राख्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ । मन्त्रीपरिषद् गठनमा दुवै पार्टीबाट राजनीतिक योगदान, दक्षता र अनुभवलाई आधार मानिएको हो । केही नयाँलाई समेत समावेश गरिएको छ । प्रधानमन्त्री ओलीले कार्यभार ग्रहण गरेसँगै भ्रष्टाचारविरुद्ध संयुक्त राष्ट्रसङ्घीय महासन्धिको कार्यान्वयनसम्बन्धी दोस्रो रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन गर्ने निर्णय गर्नुभएको छ । सुशासन कायम गर्न भ्रष्टाचारजन्य कार्यमा शून्य सहनशीलताको नीति अख्तियार गर्नेतर्फ प्रधानमन्त्रीको पहिलो निर्णयले सङ्केत गरेको छ ।यति बेला मनसुनजन्य दुष्प्रभावबाट उत्पन्न बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपमा परेर मुलुकभर जनधनको ठुलो क्षति भएको छ । पीडितलाई राहत तथा पुनस्र्थापनाका लागि नवगठित मन्त्रीपरिषद्को बैठकले राहत उपलब्ध गराउने निर्णय गर्नुका साथै विपत्का कारण बेपत्ता भई घटना भएको धेरै दिनसम्म पनि फेला पर्न नसकेका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउने निर्णय गरेर पीडित परिवारप्रति सहानुभूति प्रकट गरिएको छ । विगतमा बेपत्ता भएका व्यक्तिका परिवारलाई राज्यका तर्फबाट यस्तो सुविधाको व्यवस्था थिएन । सरकारले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई बाँकी किस्ताबापतको रकम उपलब्ध गराउनेसमेत निर्णय गर्नुलाई न्यायसङ्गत मानिएको छ ।सरकारसामु मुलुकको समृद्धिका लागि तत्काल गर्नुपर्ने थुप्रै कार्य देखिएका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ प्रधानमन्त्री ओलीको अघिल्लै कार्यकालमा अघि सारिएको नारा हो । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ आर्थिक सुधार योजना तत्काल आवश्यक भएको छ । विकास बजेटको खर्च क्षमता वृद्धि गरेर लक्षित वार्षिक बजेट कार्यान्वयन गर्न राज्यका सबै अङ्गलाई चलायमान बनाउन चुस्त प्रशासनिक कार्यकुशलता आवश्यक देखिएको छ । औद्योगिक क्षेत्रतर्फ लगानीमैत्री वातावरण निर्माण गरेर बैङ्किङ तरलताको लगानी व्यवस्थापन गर्न सरकारले नीतिगत निर्णयमा सुधार गर्न अपरिहार्य देखिन्छ । रोजगारी सिर्जना गर्ने कार्यमा सरकारले नयाँ योजना ल्याउने अपेक्षा गरिएको छ । यसै गरी विकराल समस्याका रूपमा देखिएको सहकारी अपचलनसम्बन्धी विषयलाई निष्कर्षमा पुर्याउन सरकारले कुनै कसर बाँकी राख्ने छैन भन्नेमा पीडित नागरिकलाई विश्वस्त पार्न आवश्यक देखिएको छ । यी त सरकारले गर्नैपर्ने सामान्य प्रव्रिmयागत कार्य हुन् । संविधान संशोधनका वातावरण बनाउनुका साथै अघिल्लो कार्यकालमा संसद्द्वारा जारी गरेर संविधानमा समावेश गरिएको नेपालको नयाँ नक्सा अनुरूपको भूमि भोगचलन गर्ने सम्बन्धमा छिमेकी मुलुक भारतसँग द्विपक्षीय वार्ता हुने अपेक्षा गरिएको छ । यसका साथै प्रबुद्ध समूहको प्रतिवेदन तत्काल बुझेर कार्यान्वयन तहमा जान भारतलाई सहमत गराउन प्रधानमनत्री ओली सफल हुने अपेक्षा गरिएको छ ।
प्राचीन संस्कृति अनुरूप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । असार महिनाभर खेतीपातीले थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तसँग रमाइलो गरी साउने सङ्क्रान्ति मिठोमसिनो तुल्याएर भोज खाने गर्छन् । साउने सङ्क्रान्तिमा ‘लुतो लैजा, पिलो लैजा, रोग लैजा भन्दै, चिच्याउँदै आगोको राँको फालेको’ ९० वर्षीय हरिबहादुर खड्का सम्झिनुहुन्छ । यो बिस्तारै हराउँदै तथा नयाँ पुस्ताले संस्कृति भुल्दै गएकोप्रति उहाँको चिन्ता छ ।
बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे तीन किलोमिटर सडक सात वर्षमा पनि निर्माण नभएपछि ठेक्का सम्झौता रद्द गरी नयाँ टेन्डर गरिएको छ । सडक डिभिजन कार्यालय बुटवल
प्रायः हरेक वर्ष लक्ष्य अनुसार खर्च गर्न नसकेको आरोप खेप्दै आएको सरकारको खर्च क्षमता झन् खस्किएको छ । पछिल्ला सबै बजेटमा खर्च प्रणाली सुधार गर्ने प्रतिबद्धता जनाए पनि गत आर्थिक वर्षमै पनि सरकारको खर्च क्षमता सुध्रिएको देखिँदैन ।
पहिरोका कारण अवरुद्ध रहेका नवलपुरको पहाडी क्षेत्रका मुख्य सडकमा मङ्गलबारदेखि पहिरो हटाइँदै छ । हुप्सेकोट गाउँपालिकाको समन्वयमा सरोकारवालाको संयुक्त टोलीले अनुगमन गरी पहिरो पन्छाउन सुरु भएको हो ।
मुगु जिल्लाको दार्मा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रविन्दू भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।
तानसेन नगरपालिकालाई सफा र हरियाली बनाउने लक्ष्य राखेर योजनाहरू ल्याउने तयारी गरेको जनाएको छ । समृद्ध सांस्कृतिक तानसेन सहित संस्कृति र सम्पदाको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने उद्देश्य राखेको नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।
चितवन जिल्ला अदालतले गत आर्थिक वर्षमा लिएको लक्ष्यभन्दा धेरै मुद्दा फस्र्योट गरेको छ । जिल्ला अदालतले पत्रकार सम्मेलन गरी एक वर्षमा भएको मुद्दा फस्र्योट विवरण सार्वजनिक गरेको हो । गत आवमा तीन हजार ७८७ मुद्दा फस्र्योट गर्ने लक्ष्य लिएकोमा चार हजार ३०४ वटा मुद्दा फस्र्योट गरेको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यलाई आवश्यक पर्ने ज्ञान उत्पादनका लागि विश्वविद्यालय अन्तर्गत रहेका अनुसन्धान केन्द्रमा लगानी बढाउनुपर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको नेपा
पूर्वी पहाडी जिल्लाहरूमा यातायातको पहुँच पुगेसँगै कृषि उपजको बजारीकरण बढेको छ । पहाडी जिल्लाहरूमा सडक सुविधा पुगेसँगै उत्पादित कृषि उपजले सहज रूपमा बजार पाएका छन् ।
सेयर बजारले २३ सयको विन्दु नाघेको छ । मङ्गलबार ७० अङ्कले उकालो लाग्दा भने कारोबार रकम पनि नौ अर्बभन्दा माथि लागेको छ । नेप्से परिसूचक २३ सयको विन्दुबाट माथि लाग्दा कारोबार रकम
काठमाडौँको इन्द्रचोकमा मङ्गलबार चुरा, पोतेलगायत शृङ्गारिक सामग्री खरिदका क्रममा ग्राहक ।