• २ साउन २०८१, बुधबार

गैंडाको आक्रमणबाट एक जना घाइते

blog

वसन्त पराजुली
भरतपुर, साउन २ गते ।
गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । चितवन माडी नगरपालिका वडा नम्बर ८ शिवद्वारस्थित मगर होम स्टेमा काम गर्ने क्रममा साइँला भन्ने ४० वर्षीय मिलन लामालाई गैंडाले आक्रमण गरेको हो ।

स्थानीय रामचन्द्र ढकालको खेतमा काम गर्ने क्रममा बुधबार बिहान ३ः३० बजे गैंडाले आक्रमण गरेको हो ।

चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले घाइते लामाको माडी अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो । गैंडाको आक्रमणबाट लामाको छातिको बायाँपट्टि गहिरो चोट छ ।

सिन्धुली घर भ भएका लामा माडी नपा ८ शिवद्वारस्थित मगर होमिस्टेमा काम गर्दै आउनुभएको छ ।